×

NMB BANK
NIC ASIA

कृषि विकास बैंक ह्याकिङ प्रकरणः लहान शाखाका म्यानेजरसहित ३ जना केन्द्रमा तानिए !

असोज १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– कृषि विकास बैंक ह्याकिङ प्रकरणमा बैंकको लहान शाखाका म्यानेजरसहित ३ कर्मचारी केन्द्रीय कार्यालय रामशाहपथ तानिएका छन् ।

Muktinath Bank

गत साता भएको ह्यकिङ प्रकरणमा अनुसन्धान गर्नुपर्ने भएकाले केन्द्रमा आज (आइतवार)देखि हाजिर हुने गरी केन्द्रीय कार्यालयमा तानिएको कृषि विकास बैंकका आन्तरिक कन्ट्रोल प्रमुख तथा मानव संसाधन विभागका प्रमुख दीर्घप्रसाद अर्यालले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कहीँ कतै संलग्नता छ कि भनेर अनुसन्धानका लागि केन्द्रमा तानेका हौं,’ अर्यालले भने, ‘हामीले केन्द्रमा एउटा समिति बनाएर उनीहरूसँग सोधपुछ गरिरहेका छौं ।’


Advertisment
Nabil box
Kumari

दोषि पाइएमा विभागीय कारवाही गरी कानूनी कारवाहीका लागि प्रहरीलाई जिम्मा लगाउने अर्यालले लोकान्तरसँग बताए ।

Vianet communication
Laxmi Bank

अनुसन्धानका लागि कृषि विकास बैंकले लहान, पर्वत, स्याङ्जा, नवलपरासी लगायत बैंकका शाखामा अनुसन्धान टोली खटाएको र ती टोलीले भोलि (सोमबारसम्म) प्रतिवेदन केन्द्रीय कार्यलयमा बुझाइसक्ने अर्यालले बताए ।

‘भोलि (असोज १३) सम्म अनुसन्धान टोलीले प्रतिवेदन बुझाइसक्ने छन्, प्रतिवेदनको सुझावलाई हेरेपछि कारवाही प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने ।

बैंक ह्याकिङ गरेर ४ करोड ७३ लाख चोरीको अरोपमा ४ जनालाई प्रहरीले १३ गते प्रेसमिटमार्फत सार्वजनिक गरेको थियो भने ह्याकिङमा संलग्न भनिएका १२ जनामध्ये स्याङ्जाका रामकृष्ण भुसाललाई ६५ लाख खातामा ट्रान्सफर भएको देखिएपछि असोज ९ गते प्रहरी कृषि विकास बैंक स्याङ्जाको वालिङ शाखाबाट पक्राउ गरेको थियो । अन्य दुई जना पनि पक्राउ परेका छन् ।

उक्त प्रकरणका मास्टर माइन्ड भने पक्राउ परेका छैनन् । मुख्य अभियुक्त विदेशी नागरिक रहेको र उनी भारतमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुमा बुधवार पत्रकार सम्मेलन गरी प्रहरीले ५ अर्ब चोरी गर्ने योजना आफूहरूले बिफल पारेको दाबी गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x