सुनको भाउ घट्यो, कति छ मूल्य ?

असोज १३, २०७६

काठमाडौं – पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ ।  

आइतवारको तुलनामा सोमवार  नेपाली बजारमा सुनको मूल्यमा २ सय रुपैयाँले कमि आएको छ । 


ADVERTISEMENT

सोमवार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, सोमवार तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतवार भने तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, आइतवारको तुलनामा सोमवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमवार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । 

असोज १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस