आमा बनिन् एमी ज्याक्सन, भाइरल भयो स्तनपान गराइरहेको तस्वीर (तस्वीरसहित)

असोज १३, २०७६

काठमाडौं – बलिउड अभिनेत्री एमी ज्याक्सन आमा बनेकी छिन् ।

 उनले पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू आमा बनाएको खुलाएकी छिन् । 


ADVERTISEMENT

उनले इन्स्टाग्राममा बच्चालाई स्तनपान गराइरहेको तस्वीर सार्वजनिक गरेकी छिन् । तस्वीर शेयर गर्दै उनले क्याप्सनमा लेखेकी छिन्, 'मेरो छोरा र म । उनले लेखेकी छिन्, म अब आमामा परिणत भएकी छु । मेरो साह्रै राम्रो छ ।'

उनले गर्भावस्थाको समयमा पनि तस्वीरहरू शेयर गरेकी  थिइन् ।  अहिले सामाजिक सञ्जालमा उनले बच्चालाई स्तनपान गराइरहेकाे तस्वीर भाइरल भइरहेकाे छ । 

असोज १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस