फागुन ११, २०८०
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
काठमाडौं – हृत्तिक रोशन र टाइगर श्रोफको फिल्म वार बुधवार सार्वजनिक भएको छ । फिल्ममा जासूसी कथा, भव्य एक्सन सिक्वेन्स र सुन्दर डान्स मुभहरू हेर्न पाइन्छ ।
कबीर (हत्तिक रोशन) र खालिद (टाइगर श्रोफ) भारतीय जासूसी संस्थामा गुरु र चेला हुन्छन् । फिल्ममा कबीर विद्रोही बनेको शुरूमै देखाइन्छ । उनी संस्थाका उम्दा कर्मचारी हुन् तर बाटो भड्किएर मान्छे मार्दै हिँड्न थालेका छन् ।
उनले जासूसी संस्थाका महत्त्वपूर्ण सदस्यका साथै भारतीय सेनालाई पनि तारो बनाइरहेका छन् । खालिदले कबीरलाई गुरुका रूपमा हेर्छन् र उनलाई नै कबीर नियन्त्रणमा ल्याउने जिम्मेवारी दिइन्छ ।
फिल्मको पहिलो हाफको धेरैजसो भाग फ्ल्याशब्याकमा जान्छ । त्यसमा कबीर र खालिदको भेट कसरी भयो र उनीहरूले कसरी सम्बन्ध अघि बढाए भनेर देखाइएको छ । उनीहरू सँगै लड्छन्, शाब्दिक झगडा गर्छन्, आतंकवादीहरूलाई परास्त गर्छन् र नाच्छन् पनि ।
फ्ल्याशब्याकमा अनकौं एक्सन पीसहरू छन् र हृत्तिक अनि टाइगर दुवैले उम्दा प्रस्तुति दिएका छन् । चेज सिक्वेन्स र डान्स मुभ दुवैमा हृत्तिक र टाइगरले एकअर्कालाई टक्कर दिएका छन् । हृत्तिकको स्व्यागसँगै बूढ्यौली आउँदै गरेको पनि देखिन्छ जुन जँचेको पनि छ । टाइगर गम्भीर अभिनेता हुन् र उनलाई दर्शकले मन पराउँछन् ।
फिल्मको कथा चाहिँ खासै केही छैन । निर्देशक सिद्धार्थ आनन्दले फिल्मको सबै ऊर्जा हृत्तिक, टाइगर र एक्सन सिक्वेन्समा खर्च गरिएको छ । फिल्मकी नायिका वाणी कपूर त फिल्मको दोस्रो हाफमा मात्र आउँछिन् ।
कबीर मिसनमा हुँदा नैना (वाणी कपूर) लाई भेट्छन् । उनको भूमिका एकदमै छोटो छ किनकि फिल्मको पूरा ध्यान नै हृत्तिक र टाइगरमा छ ।
फिल्मको दोस्रो हाफमा जर्बजस्ती ट्विस्ट र शक छन् । कथानकमा अलिक ध्यान दिएर हेर्नुभयो भने फिल्मको ठूलो ट्विस्ट निकै अगाडि नै थाहा पाउनुहुन्छ । फिल्म अघि बढ्दै जाँदा दर्शकलाई आश्चर्यचकित बनाउने आवश्यकता झन् बढ्दै जान्छ ।
फिल्मको कथा अलि अविश्वसनीय लाग्दै गएपनि दर्शकले पत्याउँछन् किनकि यसलाई निकै राम्रो गरी बनाइएको छ । सिनेमाटोग्राफी, पार्श्व संगीत र भव्य डिजाइनले हलमा गएर फिल्म हेर्नुको वास्तविक मज्जा दिन्छ ।
टाइगर र हृत्तिकले फिल्मले हेर्न लायक बनाइदिएका छन् । दोस्रो हाफमा एक्सन सिक्वेन्सहरू निकै प्रभावशाली छन् । फिल्ममा एक्सन, स्व्याग र ब्रोमान्स भरपूर छ । यो त्यति स्मार्ट फिल्म त हैन, तर गजबले टाइमपास चाहिँ गराउँछ ।
फर्स्टपोस्टमा प्रकाशित समीक्षा
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...