मंसिर ३, २०८०
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
बैतडी – जिल्लाको पाटन नगरपालिकामा जारी प्रथम मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि पाटन स्टार र पाटन भ्याली भिड्ने भएका छन् ।
बुधवार सम्पन्न सेमिफाइनल खेलमा पाटन स्टारले भूमेश्वरलाई १०० रन र पाटन भ्यालीले वसन्तपुरलाई २ विकेटले पराजित गरेसँगै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
श्रीकृष्ण माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको पाटन स्टारले १९ दशमलव ४ ओभरमा १८४ रनमा समेटियो । पाटन स्टारका किरन चन्दको सर्वा्धिक ३९ रनको योगदान रहेको थियो । भूमेश्वरका पुष्कर चन्द र मदन महराले समान ३–३ विकेट लिए ।
१ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको भूमेश्वरले ११ ओभरमा ८४ रन मात्रै बनाउन सक्यो । भूमेश्वरका लागि नरेश विष्टले सर्वा्धिक ४७ रन बनाए । भूमेश्वरलाई सस्तैमा समेट्ने क्रममा पाटन स्टारका हेमन्त चन्दले चार तथा किरन चन्दले एक विकेट हात पारे । हेमन्त चन्द खेलको म्यान अफ द म्याच चुनिए ।
अर्को सेमिफाइनल खेलमा वसन्तपुरले दिएको १६५ रनको लक्ष्य पाटन भ्यालीले १९ दशमलव १ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । पाटन भ्यालीका लागि वीरेन्द्र विष्टले अर्धशतकीय पारी खेल्दै ५५ रन बनाए । वसन्तपुरका दीपक भण्डारीले ५ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको वसन्तपुरले निर्धारित २० ओभरमा जगदीश लुहारको ६८ तथा दीपक भण्डारीको १८ रनको मद्दतमा ७ विकेटको क्षतिमा १६४ रन जोडेको थियो । पाटनका धीरेन्द्र चन्दले ३ विकेट लिए । वसन्तपुरका दीपक भण्डारी म्यान अफ द म्याच भए ।
पाटन नगरपालिकाको आयोजनामा यही असोज ८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल बिहीवार हुने जनाइएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार र द्वितीय पुरस्कार २० हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने अनुशासित १ टोलीलाई ट्रफी प्रदान गरिने छ । उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले पनि समान ३/३ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...