×

NMB BANK
NIC ASIA

तेजाब पीडित मुस्कानका लागि अमिताभ बच्चनको सन्देश ल्याउने यी उज्ज्वल !

असोज १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – एसिड आक्रमणमा परेर गम्भीर रुपमा घाइते भएकी वीरगञ्जकी १४ वर्षीया बालिका मुस्कान खातुनलाई भारतका हिन्दी सिनेमाका चर्चित बलिउड अभिनेताहरूले हौसला बढाइरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बलिउडका महानायक अमिताभ बच्चन, अक्षय कुमार, बरुण धवन, कीर्ति मेनन, जलिन खानले मुस्कानलाई भिडियो सन्देश पठाएर पीडालाई कम गर्ने तथा उनको मनोबल बढाउन हौसला प्रदान गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एसिड आक्रमणको घटना अभिनेताहरूसम्म पुर्‍याउने चाँजोपाँजो मिलाएका छन् एसिड आक्रमणविरुद्ध अभियान चलाइरहेका उज्ज्वल थापाले । महोत्तरी जिल्ला भंगहा नगरपालिकाको सितापुर गाउँका थापा विगतमा भारतको नैनितालस्थित शेरवुड कलेजबाट पढेका हुन् । अभिनेता बच्चन पनि कलेजकै विद्यार्थी रहिसकेका कारण कलेजको पूर्व विद्यार्थी संघका सदस्यका हैसियतले थापा र बच्चनबीच वर्षौंदेखि चिनजान तथा सम्पर्क रहेको थापा बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘१४ वर्षीया बालिका मुस्कानमाथि त्यो घटना भएपछि मैले बच्चनजीलाई ३ दिनअघि नै अनुरोध गरें कि एउटा भिडियो सन्देश दिनुपर्‍यो मुस्कानको नाममा,’ थापाले लोकान्तरसँग भने, ‘अस्ति (मंगलवार) राति साढे १२ बजे उहाँले मलाई त्यो भिडियो सन्देश पठाउनुभयो ।’

Vianet communication
Laxmi Bank

युवालाई प्रभावित गर्न तथा आत्मबल बढाउन आवश्यक ठानेर मुस्कानले आदर्श मानेका कलाकारसँग थापाले कुराकानी गराइरहेका छन् । थापाले शुरूमा पत्रकार समेत उपस्थित रहेको बेलामा बच्चनको भिडियो सन्देश मोबाइलबाट मुस्कानलाई देखाइरहेका थिए । ‘त्यतिबेला मुस्कान अलि डराएकी थिइन् तर पत्रकारहरू गइसकेपछि घाइते भएर २६ दिनदेखि अस्पतालमा भर्ना भएकी मुस्कान पहिलो पटक फिस्स हाँसिन् ।’ टीभीमा ‘कौन बनेगा करोडपति’ कार्यक्रम देख्ने मुस्कानलाई अमिताभ बच्चनले आफ्नो नाममा सन्देश दिएको पत्यार नै लागिरहेको थिएन ।

थापाले भारतका चर्चित कलाबार कृति मेनन, बरुण धवन, अक्षय कुमार, जनिल खानसँग मुस्कानको कुरा गराएका छन् । ‘अक्षय कुमारले अपर्झट नै फोन गर्नुभयो । मुस्कानसँग अक्षय कुमारले कुरा गर्नुभयो,’ थापाले भने ।

नेपाली कलाकार सञ्चिता लुइँटेल, राजु लामाले अस्पतालमा पुगेर नै मुस्कानसँग कुराकानी गरेका छन् । मुस्कानको हौसला बढाउन लामाले अस्पतालमै गीत सुनाए । अन्य बलिउड कलाकारसँग पनि मुस्कानको कुरा गराउने प्रयास भइरहेको थापाले बताए ।

कस्तो छ अहिले मुस्कानको अवस्था ?

एसिड आक्रमणपछि मुस्कानको एउटा कानको समस्या यथावत् छ । मुख र घाँटीको घाउ निको हुने प्रक्रिया ठीक छ । दाहिने हातमा धेरै समस्या छ, त्यहीँ हातले मुस्कानले आक्रमणलाई छेकेकी थिइन् । अर्को हातमा पनि चोट लागेको छ । हाल मुस्कान मृत्युको खतराबाट जोगिएकी छन् । मुस्कानको कीर्तिपुर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

घाउ कहाँ–कहाँ छ भन्ने कुरा यकिन नै नभएको थापाले बताए । ‘घाउ सुक्दै गएपछि पनि पटक–पटक शल्यक्रिया गर्नुपर्छ,’ उनले भने, ‘बारम्बार प्लास्टिक सर्जरी गर्नुपर्ने हुनाले कम्तिमा पनि मुस्कानको अस्पतालको यात्रा २ वर्षको हुने अनुमान गरिएको छ ।’

उपचार खर्च प्रदेश सरकारले व्यहोर्दै

मुस्कानको उपचारका लागि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले ५ लाख रुपैयाँसम्म सहयोग गर्ने भनेका थिए । ‘हिजो अमिताभ बच्चनको सन्देश हेरेपछि वीरगञ्जका सांसद प्रदीप यादवले मलाई फोन गर्नुभयो,’ थापाले भने, ‘मुख्यमन्त्रीजीले ५ लाखभन्दा माथि भएपनि उपचार खर्च व्यहोर्छु भनेर भनेको कुरा उहाँले भन्नुभयो ।’ नेपाल सरकारले मुस्कानको उपचारका लागि ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

तेजाब आक्रमणविरुद्ध थापाको अभियान

विगत ५/६ वर्षदेखि तेजाब आक्रमणविरुद्ध थापाले अभियान नै सञ्चालन गरिरहेका छन् । तेजाब आक्रमणमा परेकी जेनी खड्काको हकमा अपराधीलाई समात्ने कुरा होस् वा अदालतको कारबाहीको कुरा होस्, औषधि उपचारको कुरा होस् वा पछि गएर शिक्षा दिलाउने कुरा होस् उनी निरन्तर लागिपरेको बताउँछन् ।

‘तेजाबको बिक्री वितरणमा नियन्त्रण ल्याउनुपर्छ । तेजाब आक्रमण गर्ने अपराधीलाई पीडितको चोट हेरेर होइन कि पीडकको सोच हेरेर सजाय दिनुपर्छ,’ उनले भने, ‘मैले यस विषयमा नेपाल सरकारको निरन्तर ध्यानाकर्षण गराउँदै आएको छु ।’ एसिड आक्रमण गर्ने अपराधीलाई जन्मकैदको सजाय हुनुपर्ने उनको विचार छ ।

‘यस्तो केसमा सजाय दिँदा कारण खोज्नु हुँदैन,’ थापाले भने, ‘सरकारले कानून संशोधन गर्नुपर्छ । अध्यादेश ल्याएर पछि संसदबाट पारित गराए हुन्छ तर सरकार त्यति गम्भीर हुनै नसकेको अनुभूति भएको छ ।’

हालसम्म थापाले करीब १० जना तेजाब आक्रमणका पीडितको मद्दत गरेको बताउँछन् । पीडित सीमा बस्नेत, संगीता मगरलाई औषधि उपचार गराउनेदेखि शिक्षा दिलाउने कामका लागि उनले पहलकदमी लिएका छन् । संगीता मगरलाई नोबेल एकेडेमीमा छात्रवृत्ति दिलाएको उनी बताउँछन् । 

‘शिक्षित भएर बलियो बनेपछि अनुहार नराम्रो जस्तो देखिएपनि केही फरक पर्दैन,’ थापाले भने, ‘बाँच्न आत्मबल आउँछ । त्यसैले पीडितलाई शिक्षित बनाउने अभियान व्यक्तिगत रुपमा चलाइरहेको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x