कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
असोज २०, २०७६
काठमाडौं– मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदबारअगाडि सिट्ठी फुक्दै सवारी जामलाई व्यवस्थित गरिरहेको अवस्थामा भेटिइन्, ट्राफिक प्रहरी सरिता परियार ।
सरिताले यसरी जनताको सेवा गर्न थालेको २०७३ सालबाट हो । अहिले उनको दैनिकी राजधानीका विभिन्न चोक तथा सडकमा सवारी व्यवस्थापन गर्नमै बित्ने गरेको छ ।
हिन्दू नेपालीहरूको महान चाड बडादशैं अहिले घरघरमा आइसकेको छ । दशैंको नवरात्र चलिरहँदा उनी सडकमा सिठ्ठी फुकिरहेको अवस्थामा भेटिइन् ।
यसपालिको दशैंमा सरिता मोरङस्थित घर जान पाइनन् ।
‘देश र जनाताको सेवा गर्छु भनेर आएपछि यस्ता सानातिना कुरालाई स्वीकार्न सक्नु पर्दोरहेछ,’ सरिताले लोकान्तरसँग भनिन् ।
प्रहरीको काम यसैपनि नागरिकको सुरक्षामा खटिनु हो, त्यसमाथि चाडबाडको समयमा अन्य प्रहरी जस्तै ट्राफिक प्रहरी पनि विशेष चनाखो रहनु आवश्यक हुन्छ । ‘ट्राफिक प्रहरीलाई पनि चाडबाडमा चुनौती नै हुन्छ,’ सरिता भन्छिन्, ‘दशैंको बेलामा मदिरा सेवन गरेर तीव्र गतिमा सवारी चलाउनेहरूले गर्दा अरूलाई पनि असर पर्ने गरेको छ ।’
आमाले बिदा मिलाएर आऊ है छोरी भनेर फोन पनि गरिन्, तर जान नपाउँदा थोरै खल्लोचाहिँ उनलाई लागेको छ ।
मन भारी बनाएरै भएपनि उनले आमालाई सम्झाइछन्, ‘दशैंमा आउन बिदा मिल्दैन आमा, अरू बेलामा बिदा मिलाएर आउँछु नि ! प्रहरीको जागिर, भनेको बेलामा बिदा पाइँदैन, तपाईंहरूचाहिँ दशैं राम्रोसँग मनाउनु होला ।’
दशैंभरी ड्यूटीमा खटिने सरिताले घर जान नपाए पनि ट्राफिक प्रहरी प्रमुखको हातबाट टीका लगाउने योजना भने बनाइएकी छन् ।
ब्यारेककै साथीहरूसँग रमाइलोसँग दशैं मनाउने उनले बताइन् । ‘मान्छे जहाँ बस्यो त्यहीँ रमाउन सिक्नुपर्छ, ब्यारेकका साथीभाइ पनि घरपरिवारजस्तै मान्नुपर्छ,’ उनले भनिन् ।
....
रोल्पाकी कमला खड्का थापाथली चोकमा बिहानैदेखि ट्राफिक व्यवस्थापनमा खटिएकी हुन्छिन् । यसपालिको दशैंमा उनी पनि घर नजाने भएकी छन् ।
काठमाडौं उपत्यकामा सवारी व्यवस्थापन र दशैंको बेलामा हुनसक्ने दुर्घटना न्यूनिकरणका लागि आफूले बिदा नपाएको उनले सुनाइन् ।
‘यसै त प्रहरीको जागिर दशैंतिहारमा धेरै खटिनुपर्ने भएकाले बिदा पाउने भन्ने सम्भावना निकै कम हुन्छ । घर जान पाइँदैन भनेर मानसिक रूपमा पहिले नै तयार भएका हुन्छौं,’ कमलाले भनिन्, ‘अन्य समयमा अलि भीडभाड हुँदा दिनभरि नै व्यस्तता हुन्थ्यो, दशैंको बेलमा अलि सुनसान त हुन्छ तर पनि ड्युटीमा खटिनै पर्यो ।’
यसपालिको दशैं ब्यारेकमै साथीहरूसँग मनाउन उनको योजना छ । सरिताले जस्तै ट्राफिक प्रहरी प्रमुखबाट टीका थाप्ने योजना उनले पनि बनाएकी छन् ।
उनको श्रीमान भने घर जाँदैछन् । दशैंमा श्रीमानसँग छुटिनुपर्दा नरमाइलो चाहिँ लागेको छ । ‘उहाँ (श्रीमान) घर जानुहुन्छ, म यसपालि जान नपाउने भएँ,’ कमलाले भनिन्, ‘घर टाडा छ, घर जानका लागि समय पनि धेरै लाग्छ, नजिक भए त सजिलो हुन्थ्यो नि के गर्नु !’
माइती र घर दुवैतिरबाट उनलाई फोन आइरहेको छ, तर जिम्मेवारीमा बाँधिएकी छिन्, उनी ।
‘माइती घरबाट बाआमाले यसपालि घरमा आए हुन्थ्यो भनेर फोन गर्नुभएको थियो, सासूससुराले पनि बुहारी घरमा आएर दशैं मनाउनु पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो,’ उनले लोकान्तरसँग सुनाइन्, ‘जनताको सेवा गर्छु भनेर प्रहरीको जागरि खाएपछि परिवार पनि दोस्रो प्रायोरिटीमा पर्ने रहेछन् ।’
सम्भव भएमा अर्को वर्ष घरनजिकै दरबन्दी मिलाएर परिवारको साथमा दशैं मनाउने उनको योजना छ ।
साथै उनले चाडबाडको समयमा सडक खाली भयो भनेर ट्राफिक नियमलाई बेवास्ता नगर्न पनि सुझाव दिइन् ।
‘ट्राफिक नियम भनेको सबैका लागि हो । सवारी साधन हो, भनेको ठाउँमा ब्रेक लाग्दैन, स्पीडमा सवारी नकुदाउनु होला । दशैंको समयमा घरपरिवार तपाईंलाई कुरेर बसिरहेका हुन्छन् भन्न चाहन्छु,’ उनले भनिन् ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...