×

NMB BANK
NIC ASIA

ब्रेन ट्यूमरका यी लक्षणलाई नगर्नुस् बेवास्ता

असोज २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 केही मानिस जतिखेर पनि टाउको दुख्यो भनिरहन्छन् । उनीहरू पीडा कम गर्नका लागि औषधिको सहारा लिन्छन् । तर औषधिको असर सकिनेबित्तिकै फेरि टाउको दुख्न थाल्छ । 

Sagarmatha Cement
Muktinath Bank

यो पीडा घरिघरि आउँछ र कहिलेकाहीँ त असहनीय हुन्छ । अनि सुन्न, बोल्न नसकेको र कमजोरी भएको जस्तो पनि लाग्छ । यो ब्रेन ट्यूमरको लक्षण हो । यस्तो स्थितिमा मस्तिष्कका कोशिकाहरू असामान्य रूपमा बढ्न थाल्छन् ।
अनि तिनले दिमागका अन्य कोशिकालाई नकारात्मक प्रभाव पार्छन् । अनि मस्तिष्कमा ट्यूमर उत्पन्न हुन थाल्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्यूमर पहिलो चरणमै थाहा पाइयो भने उपचार गर्न सहज हुन्छ । यसको लक्षण चिनेर यसलाई बढ्नबाट रोक्न सकिन्छ । हामी त्यस्ता लक्षण बताउँदैछौं । 


Advertisment
Nabil box
Kumari

टाउको दुख्ने
ब्रेन ट्यूमरको पहिलो लक्षण टाउको दुख्नु हो । बिहान उठ्नेबित्तिकै टाउको दुख्न थाल्छ केही मानिसलाई । सहनै नसक्ने पीडा हुन्छ कहिलेकाहीँ । केही व्यक्ति त मानसिक सन्तुलन नै गुमाउन पुग्छन् । तपाईंलाई पनि यस्तो हुन्छ भने बेवास्ता नगर्नुस् । तुरुन्तै चिकित्सकलाई देखाउनुस् । 

Vianet communication
Laxmi Bank

बान्ता
टाउको दुख्नुका साथसाथै बान्ता आउने र असजिलो हुने समस्या पनि आउँछ । यस्ता समस्याका कारण खाना खान मन लाग्दैन । 

चक्कर
ब्रेन ट्यूमरका कारण केही मानिसलाई चक्कर आउँछ । यसले गर्दा शरीरको सन्तुलन बिग्रन्छ र मानिस झ्याप्पै लड्ने हुनसक्छ । 

छटपटाउने
ब्रेन ट्यूमरका कारण दिमागका नसा कमजोर हुन थाल्छन् । यसले रक्तसञ्चार पनि सही तवरले हुन दिँदैन र मानिस छटपटाउन थाल्छ । 

आँखा कमजोर हुने 
ब्रेन ट्यूमरको स्थितिमा केही मानिसले झ्याप्पै कम देख्न थाल्छन् । उनीहरू जे पनि धमिलो धमिलो देख्छन् । 

पक्षाघात
ब्रेन ट्यूमरका कारण व्यक्तिको दिमागले शरीरलाई नियन्त्रणमा राख्न सक्दैन । शरीरले काम गर्नै बन्द गरेको जस्तो उसलाई लाग्छ । दिमागको पेराइटल लोबमा ट्यूमर हुँदा यस्तो हुन्छ । 

बोल्न गाह्रो हुने
दिमागले नै शरीरका प्रत्येक अंगलाई सही तरिकाले चलाउने हो तर त्यसमै ट्यूमर हुँदा कोशिकाहरू प्रभावित हुन्छन् । यसले गर्दा व्यक्तिको आवाज जान्छ र अनुहार पनि एकातिर बांगिन्छ । 

झर्कोफर्को
असहनीय पीडाका कारण मानिस झर्कोफर्को गर्ने र उदास रहने गर्न थाल्छ । कहिले त व्यक्तिको व्यवहारमा परिवर्तन आएर उसले कसैसँग कुराकानी गर्दैन । 

हातगोडा अट्ठिने
ब्रेन ट्यूमर भएपछि मानिसको हातगोडा अट्ठिन थाल्छ । शरीरले काम गर्न बन्द गरेको जस्तो लाग्छ । 

शारीरिक कमजोरी
ब्रेन ट्यूमर हुँदा कोशिका प्रभावित हुन्छ र व्यक्तिलाई टाउको दुख्न अनि पूरै शरीरमा कमजोरी हुन थाल्छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x