×

NMB BANK
NIC ASIA

जनकपुरधाम – बिजया दशमीको अन्तिम दिन मंगलवार जनकपुरधाममा लंका दहन सहित रावण बध कार्यक्रम आयोजन गरिंदैछ ।

Sagarmatha Cement
Muktinath Bank

स्थानीय महावीर युवा कमिटीको आयोजनामा गत २०६५ साल देखि जनकपुरमा रावण बधको कार्यक्रम आयोजना हुँदै आएको छ । यस बर्ष नयाँ कार्यक्रम लंका दहन समेत समावेश गरिएको राबण बध कार्यक्रमका संयोजक शिबशंकर साहले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३५ फिट उचाईको रावण, ३०/३० फिट उचाईको कुम्भकर्ण र मेघनाथको समेत प्रतिमा बनाईएको छ । प्रतिमा बनाउनका लागि भारतको बिहारका मुझफ्फरपुर कालिगढ रमेश सहनीले १ लाख रुपैयाँमा ठेक्का लिएका छन् । ‘यस पटक रावण  सहित तिन वटै प्रतिमाको आँखा समेत चल्ने र उसले हाँसेको आवाज समेत आउने गरी निर्माण गरिएको छ,’ कालिगढ सहनीले भने । 


Advertisment
Nabil box
Kumari

रावणको दश वटा मुख सहितको प्रतिमा बनाइएको छ । प्रतिमामा ८० वटा बाँस,६० किलोग्राम सुत्रीको चटाई, २ ट्रयाक्टर पराल,कागज, पेन्ट, कपडा आदि सामग्रीको प्रयोग गरिएको छ । ती प्रतिमा बनाउन ५ जना कालिगढहरु बिगत १५ दिन देखि दिन, रात काम गर्दै आएका छन् ।

Vianet communication
Laxmi Bank

तिन वटै प्रतिमामा बिभिन्न किसिमका पटाकाहरु सेट गरिएको छ । नागिन पटाका,बम, फुलझरी सहित पटाका सेट गरिएको सहनीले बताए । १ लाख रुपैयाँको पटाका नै किनेर सेट गरिएको कार्यक्रमका संयोजक साह बताउँछन् ।

त्यसै गरी लंका दहनको कार्यक्रम समेत तयार गरिएको छ । धनुष सागरको पोखरीमा ड्राम राखेर कृत्रिम लंका शहरको समेत निर्माण गरिने तयारी गरिएको छ । ‘कुटको शहर जस्तो बनाईनेछ, जसमा अशोक बाटिका निर्माण गरिनेछ,’ त्यसका अतिरिक्त उक्त लंकामा केही राक्षसहरुको समेत प्रतिमा बनाइएको छ । संयोजक साहले भने,’त्यहाँ एउटा सीताको प्रतिमा समेत बनाइने छ ।’ हनुमान बनेर एक जना मानिस त्यहाँ जानेछन् र उक्त लंकालाई दहन गर्ने कार्यक्रम तय गरिएको छ । 

संयोजक साहका अनुसार महावीर युवा कमिटिकै सदस्य समेत रहेका राकेश कुमार मण्डल हनुमान बन्नेछन् र उसले नै गएर उक्त लंका दहन गर्ने कार्यक्रम तय गरिएको छ । पानीमा समेत आतिशबाजी देखाउन सकियोस् भनेर उक्त लंकामा पानी बम सेट गरिएको उनले बताए ।

त्यसै गरी रावण बधका लागि एक जना मानिस धनुष सागरमा डुंगामा चढेर जाने र बध गर्ने कार्यक्रम तय गरिएको छ । ‘यस पटक पनि रामको भूमिका भने जनकपुरधाम उपमहानगरका प्रमुख लाल किशोर साहले निर्बाह गर्ने महावीर युवा कमिटीको बैठक बाट निर्णय गरिएको छ,’ संयोजक साहले बताए । गत बर्ष पनि उनैले रावण बध गरेका थिए ।

यस अघि नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, पुर्ब सांसद संजय कुमार साह, राम मन्दिरका महन्थ राम गिरि, जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिब शंकर साहले समेत राम बनेर रावण बध गरिसकेका छन् । ‘को राम बन्ने भन्ने बिषयमा कुनै खासै मापदण्ड त छैन,’ महावीर युवा कमिटीका पुर्ब अध्यक्ष धर्मेन्द्र साहले भने, ‘हामी बैठक बसेर व्यक्तिको व्यक्तित्व हेर्दै छनौट गर्ने गर्छौं ।’

२०६५ साल देखि उक्त कार्यक्रम आयोजन गरिंदै आएको छ । ‘बिगतमा दशैंमा जनकपुरमा महाष्टमी सम्म मात्र मानिसहरुको भिडभाड हुन्थ्यो,’ महावीर युवा कमिटिका पुर्ब अध्यक्ष सुनिल प्रसाद साहले भने, ‘तर,दशौँ दिन सम्म दशैंको रौनक बानौं सकियोस भन्ने उद्देश्यले रावण बधको कार्यक्रम हामीले तय गरेका थियौं ।’ त्यस पछि मानिसहरु जनकपुरमा दशौँ दिन सम्म रुक्ने गरेका साहले बताए ।

जनकपुरको प्रसिद्ध सरोवर धनुष सागर र गङ्गा सागर जोड्ने पोखरीको पुर्बी  डिलमा ती प्रतिमाहरु राख्ने गरिन्छ । धनुष सागरको पश्चिम तर्फको डिलमा हजारौं दर्शक सहित आयोजकहरु बस्ने गर्छन् । ’बिगतमा रावण बधको कार्यक्रम मात्र हुँदा १ घण्टामा मात्र कार्यक्रम सकिन्थ्यो,’ संयोजक साहले भने,’ तर यस पटक लंका दहनको कार्यक्रम समेत समेटिएकोले २ देखि साढे २ घण्टा सम्म दर्शकले मनोरंजन लिन पाउनेछन् ।’

मंगलवार साँझ ७ बजे उक्त कार्यक्रम आयोजन गरिने उनले बताए । रावण बधको कार्यक्रममा मात्रै ३ देखि ४ लाख रुपैयाँ सम्म खर्च हुने गरेको उनले बताए । उक्त कार्यक्रम हेर्नका लागि मात्र गाउँ गाउँ बाट समेत मानिसहरु आउने गरेका छन् भने जनकपुरका समेत मानिसहरुको घुइंचो लाग्ने गरेको हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x