मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जनकपुरधाम – प्रदेश २ को धनुषा जिल्लामा जेठानीले आफ्नै देवरानीको हत्या गरेर आफैं पनि आत्महत्याको प्रयास गरेकी छिन् ।
धनुषाको औरही गाउँपालिका वडा नम्बर १ झिटकोहियाका अहमद राइनकी श्रीमती २५ बर्षकी सहानी खातुनलाई उनकै जेठानी सनोवल खातुनले सोमवार बेलुका साढे ६ बजे धारिलो हतियार चाकु प्रहार गरेर हत्या गरेकी हुन् । र, हत्या गरे पछि घरका मानिसले किन हत्या गरेको भने पछि आफैं पनि आत्महत्या प्रयास गरेका छन् ।
सनोवलका श्रीमान जिब्राहीन राइन भने बैदेशिक रोजगारीका शिलशिलामा बिदेशमा छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी ) रामेश्वर कार्कीका अनुसार सनोवलले धारिलो हतियार (चक्कु) आफ्नै देवरानी सहानीलाई चार ठाउँमा प्रहार गरेर गम्भीर घाइते बनाएकी थिइन् । पेट, कोख सहित चार ठाउँमा प्रहार गरेर घाईते बनाएकी सहानालाई उपचार गराउन ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको थियो ।
‘त्यसै गरी चक्कु प्रहार गर्ने सनोवलले आफैं पनि पेटमा छुरा घोपेर आत्म हत्याको प्रयास गरेकी थिइन्,’ डिएसपी कार्कीले भने, ‘उनका घर परिवारका सदस्यले मृतक र घाइते दुवैलाई जनकपुरको निजि काव्या अस्पतालमा भर्ना गरेर सबै जना सम्पर्क बिहिन बनेका छन् ।’
घाईते सोनवलको अहिले प्रहरी निगरानीमा सरकारी अस्पताल जनकपुर अञ्चल अस्पतालको सघन कक्षमा उपचार भई रहेको छ भने मृतकको पोष्टमार्टमका लागि शब जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
घटनामा जेठानीको मात्रै हात हो वा अन्य पारिवारिक सदस्य समेतको संलग्नता छ भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक सहानीका श्रीमान अहमदलाई अहिले नियन्त्रणमा लिइएको डिएसपी कार्कीले पुष्टी गरेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...