×

NMB BANK
NIC ASIA

मिथिलामा देवी प्रतिमा विसर्जन

असोज २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरी – मिथिलामा यसपालिको दशहरा (दशैं) पर्वका लागि स्थापित देवी प्रतिमा मङ्गलबार विसर्जन गरिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

भाकल र उत्सवका लागि माटो मुछेर निर्माण गरी प्राणप्रतिष्ठा गरिएका देवी प्रतिमा असोज शुक्ल दशमी तिथिमा पवित्र तलाउमा विसर्जन गरिएका हुन् । विसर्जन गर्दा गहिरो पानीमा मूर्ति (प्रतिमा) लाई चुर्लुम्म डुबाउन पर्ने चलन छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिथिलामा पर्वको उत्सव मनाउन सामुहिक रुपमा वा भाकल पूरा गर्न देवी प्रतिमा निर्माण गरी शास्त्रोक्त विधिले प्राण प्रतिष्ठा गरी नवरात्रभरि पूजाआराधना गर्ने परम्परा छ । यद्यपि असोज शुक्ल प्रतिपदाबाट कर्मकाण्डी ब्राह्मणबाट दैनिक चण्डीपाठ गरिए पनि निर्मित प्रतिमाको प्राण प्रतिष्ठा भने फूलपातीका दिन प्रतिमाका आँखा उघारेपछि मात्र गरिन्छ ।


Advertisment
Nabil box
Kumari

नवमीका दिन नवदुर्गाको पूजाआराधना पूर्ण हुने मैथिल मान्यता छ । देवी प्रतिमा बनाइएका यस्ता स्थलमा दशमीका दिन बिहान चण्डीपाठ गर्ने ब्राह्मणले त्यहाँ राखिएको कलशको जलले अभिशेक गर्दै यजमान (कर्ता, दर्शनार्थी) लाई जमरा दिने गर्दछन् । मिथिलामा पछिल्लोपटक पर्वते समुदायसँगको घुलमिलले टीका लगाउन थालेपनि मैथिल परम्परामा भने यो चलन नरहेको पाका मैथिल (मिथिलाका बासिन्दा) बताउँछन् । 

Vianet communication
Laxmi Bank

अभिशेक र जमरा लगाइएपछि देवी प्रतिमा पवित्र जलाशयमा विसर्जन गरिन्छ । यसक्रममा देवी दुर्गा भवानीको जयजयकार गर्दै नाचगान गरेर दशहरा पर्व सम्पन्न गर्ने मैथिल परम्परा रहेको बर्दिवास नगरपालिका–२ का कर्मकाण्डी ब्राह्मण महेशकुमार झा बताउँछन्। 

माटो मुछेर बनाइएका देवी प्रतिमाबाहेक परम्परादेखि स्थापित धातुका मूर्ति रहेका देवी मन्दिरमा भने देबी पूजन विसर्जन गरेर प्रसादस्वरुप जलअभिशेक र जमरा पुजारीले दर्शनार्थीलाई दिने गर्दछन् । 

रावण बध मेला 

बडादशैं पर्वमा देवी दुर्गाको पूजा आराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावर्ती मुख्य नाका मटिहानीमा भने रामायण गाथा गाइने गरिन्छ । मटिहानीमा वर्षेनी ‘रावण बध’ मेला नै आयोजन गरेर नवरात्रभरि रामायण पाठ कीर्तन गरी दशमीका दिन रावणरुपी दुष्ट प्रवृतिको अन्त्य भएको खुशियालीमा उत्सव मनाउने यहाँको पुरानो परम्परा हो ।

नवरात्रभरि (असोज शु्क्लपक्ष लागेदेखि नै) राम–रावणको घमासान लडाइँ  भएको र दशमीका दिन मर्यादा पुरुष श्रीरामले रावणलाई ढाल्नुभएको विश्वासमा मटिहानीमा रावणबध मेलाको आयोजन परम्परादेखि हुँदै आएको छ । दशमीका दिन त्यहाँ निर्मित अजङ्गको रावण प्रतिमालाई श्रीरामको भूमिकाका कलाकारले तिरले हानेर लडाएपछि विजय उत्सव मनाइदै मेला सम्पन्न हुने परम्परा रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए। 

रावण बध मेलामा टाढाटाढाबाट साधुसन्त सहभागी हुने गरेका छन् । यहाँ वर्षाकाल बितेपछि शरद ऋतु लागेसँगै श्रीराम सीताजीको खोजीमा लङ्का पुग्नुभएको र रावणसँग युद्ध गरेर सत्य स्थापित गरेकाे विश्वास गरिन्छ । रावणबध मेलाका अवसरमा अशोज शुक्ल प्रतिपदादेखि नै रामचरित मानस (श्री सन्त तुलसीदासविरचित रामायण महाकाव्य) पाठ गरिने परम्परा छ । 

रावणबध भएपछि साधुसन्तलाई भोजन गराई दक्षिणा दिने र श्रीराम कीर्तन गर्दै उत्सव मनाउने गरिन्छ । श्रीरामले रावणको संहार गर्नुभएको र देवीले महिषासुरसहितका दैत्यको मर्दन गर्नुभएको चन्द्रमासका गणनाले एउटै पक्ष परेको विद्वान्को मत छ ।

देवीको लडाइँ सत्य युगमा र श्रीरामको त्रेता युगमा भए पनि दुवै लडाइँ असोज शुक्लपक्षमै भएकाले विजयादशमीमा रावणबध मेला आयोजन हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x