मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं– दशैं शक्तिपीठहरूको आराधना, मान्यजनबाट आशिर्वाद ग्रहण र आफन्त तथा साथीभाइ जमघट भई रमाइले गर्ने पर्व हो ।
विभिन्न पेसा/व्यवसाय तथा अध्ययनको सिलसिलामा विदेश तथा देशका विभिन्न शहरमा रहेकाहरू पनि दशैंमा गाउँ फर्किन्छन् ।
विभिन्न कारणले गर्दा दशैंमा गाउँ फर्किन नपाउने नेपालीहरूले भने दशैंको समयमा आमाबुवा तथा आफन्तका लागि पैसा पठाउँछन् ।
रोजगारीका लागि विदेश गएकाहरूले चाडपर्वको बेलामा प्रायजसो पैसा पठाउने गरेका छन् ।
दशैंतिहार लगायतका चाडपर्वका बेलामा गाउँमा आमाबुवा तथा आफन्तका लागि पैसा पठाउने संस्कृति नै बसिसकेको छ ।
चाडपर्वमा विदेशमा रहेका नेपालीले पैसा पठाउने भएका कारण पनि दशैंतिहारको समयमा रेमिट्यान्समा वृद्धि हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।
‘अवश्य नै दशैंतिहारका बेला रेमिट्यान्समा केही फरक छ हुन्छ नै,’ उनले भने, ‘विदेशमा रहेका धेरैजसोले यो समयमा गाउँघरमा आफन्तजनका लागि पैसा पठाउँछन्, ।’
नेपाल राष्ट्र बैंकका अनुसार दशैंको अवधिमा करीब एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । दशैं बिदा नसकिएकाले यसवर्ष दशैंलाई लक्षित गरी भित्रिएको रेमिट्यान्सको तथ्यांक आउन बाँकी छ ।
नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । तथ्यांक अनुसार गत वर्षको असोजमा मात्रै ८९ अर्ब रुपैयाँ भित्रिएको थियो ।
नेपालीहरूले विदेशबाट पैसा पठाउने भएकाले यो समयमा रेमिट्यान्स कारोवार बढी हुने गरेको सिटी एक्सप्रेस मनी ट्रान्सफरका जनसम्पर्क अधिकृत मधु लामा बताउँछन् । दशैंतिहारका बेला झण्डै दोब्बर रेमिट्यान्स आउने उनको भनाइ छ ।
लामाका अनुसार यो वर्ष दशैंलाई लक्षित गरी दैनिक औसत २ अर्ब १० करोड रुपैयाँ बराबर रेमिट्यान्स रेमिट कम्पनीहरूले वितरण गरेका थिए । त्यसको १० देखि १२ प्रतिशत हिस्सा सिटी एक्सप्रेसले ओगटेको लामाको दाबी छ ।
‘ओभरलमा अहिले २ अर्ब १० करोड रुपैयाँ जति वितरण भइरहेको छ,’ लामाले भने, ‘त्यसमा सिटी एक्सप्रेसले वितरण गर्ने हिस्सा १० देखि १२ प्रतिशत रहेको छ, ।’सिटी एक्सप्रेसले दैनिक औसत ५० करोड रुपैयाँ जति वितरण गरेको उनको दाबी छ ।
दशैं तिहार लगायतका चाडपर्व बाहेकको सामान्य अवस्थामा ३५ देखि ४० करोड रुपैयाँ सिटी एक्सप्रेसले वितरण गर्दै आएको थियो ।
आईएमई मनी ट्रान्सफरले पनि दशैं तिहारको समयमा तुलनान्त्मक रूपमा बढी रेमिट्यान्स भित्रिने जनाएको छ ।
आईएमई ग्रुपका जनसम्पर्क अधिकृत राजु पौडेल भन्छन्, ‘अवश्य पनि दशैं तिहारका बेलामा रेमिट्यान्स बढी आउँछ, ।’
पछिल्लो समय डलरको भाउ बढेकाले रेमिट्यान्सलाई फाइदा पुगेको रेमिट कम्पनीका अधिकारीहरू बताउँछन् ।
तुलनात्मक रूपमा चाडपर्वको बेलामा बढी रेमिट्यान्स भित्रिने भएकाले रेमिट कम्पनीहरूबीच अफरको होडबाजी चलेको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईएमई मनी ट्रान्सफर, प्रभु मनी ट्रान्सफर र वेस्र्टन युनियन मनी ट्रान्सफर लगायतका कम्पनीहरूले चाडपर्वमा रेमिट्यान्सको कारोवार गर्ने ग्राहकलक्षित अफरहरू यसअघि नै सार्वजनिक गरिसेकेका छन् ।
सिटी एक्सप्रेसको उपहार
सिटी एक्सप्रेस मनी ट्रान्सफर कम्पनीबाट रेमिट्यान्सको कारोबार गर्ने ग्राहकका लागि दशैंतिहार र छठ पर्वलक्षित उपहार योजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।
‘लखपति एक्सप्रेस २०७६’ ‘न यति न उति सिधै लखपति’ नामकको योजना सिटीको रहेको छ । उक्त योजनाअन्तर्गत हरेक महिना लक्की ड्रमार्फत् एक जनालाई १ लाख रुपैयाँ दिईने सिटी एक्सप्रेसले जनाएको छ । जुन उपहार कार्तिक मसान्तसम्मका रहेको छ ।
आईएमईको आठगुणा अफर
आईएमईले ‘यो दशैंमा खुशीलाई डबलको डबल गरौं’ नामको दशैं अफर यसअघि नै सार्वजनिक गरिसकेको छ ।
यस अफर अन्तर्गत आईएमईले हरेक महिना २ जना भाग्यशाली सेवाग्राहीलाई विदेशबाट पठाएको रकमको डबलको डबल (चार गुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने अफर यसअघि नै ल्याइसकेको छ ।
प्रभुको चाडपर्वको उमंग
प्रभु मनी ट्रान्सफरले दशैंतिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरूलाई लक्षित गरी ‘चाडपर्वको उमंग, रमाऔं प्रभुसँग’ भन्ने अफर सार्वजनिक गरेको छ ।
जसअन्तर्गत एक जोडी भाग्यशाली विजेताले प्रभु हेलिकप्टरमा कालिञ्चोक भ्रमण गर्ने अवसर पाउनेछन् । त्यस्तै उपहारमा टिसर्ट, क्याप र प्रभु टिभी सेटटप बक्स पनि रहेका कम्पनीले जनाएको छ ।
यो दशैंमा वेस्टर्न युनियन मनी ट्रान्सफर कम्पनीले पनि आफ्नो ‘दशैंमा डबल पैसा योजना’ यसअघि नै सार्वजनिक गरिसकेको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...