कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गुल्मीको माझी बस्तीमा गएर दशैँ मनाएका छन् ।
विगत ६ वर्षदेखि सीमान्तकृत समुदायसँग दशैं मनाउँदै आएका भण्डारीले यसपाली गुल्मी गाउँपालिकाको वडा नम्बर १ मा रहेको माझी बस्ती रोजेका हुन् ।
मंगलबार दशमीका दिन भण्डारीले माझी बस्तीमा बस्दै आइरहेकी ९० वर्षीय मनकुमारी बोटे माझीको हातबाट टिका लगाएर आशिर्वाद लिएका छन् । भण्डारी आफ्नो घरको टिकाटालो सकेर सिधै माझी बस्तीतर्फ सोझिएका थिए ।
माझी बस्तीमा बसोबास गरिरहेका करीब ५ सयलाइ टिका लगाएर भण्डारीले कपडा र शैक्षिक सामग्रीहरू वितरण गरे ।
विगत ६ वर्षदेखि सीमान्तकृत समुदायसँग दशैं मनाइरहेका कांग्रेस केन्द्रीय सदस्य भण्डारीले दशैंमा आफूले आयोजना गरेको कार्यक्रम नमूना कार्यक्रम रहेको बताए ।
बुधवार लोकान्तरसँग कुरा गर्दै भण्डारीले भने, ‘विगत ६ वर्षदेखि प्रत्येक दशैंमा मैले मेरै पहलमा यस्ता कार्यक्रमहरू आयोजना गर्ने गरेको छु । हिजो र आजको कार्यक्रम नेपाली कांग्रेसको जागरण अभियानअन्तर्गत पनि जोडिएको छ । यस्ता खालका नमूना कार्यक्रमहरूले हामीलाई सीमान्तकृत समुदायसँग जोड्न मदत गरेको छ ।’
दशैँको भोलिपल्ट एकादशीका दिन पनि भण्डारीले ३ ठाउँमा थप कार्यक्रम गरेको जानकारी दिए । ‘आज चाहिँ माझी मात्र नभएर अन्य समुदायमा पनि हामी पुग्यौं,’ उनले भने, ‘सत्यवती गाउँपालिकाको तीन ठाउँमा टिका लगाउने कार्यक्रम सम्पन्न भएको छ । ४ सय भन्दा बढी विद्यार्थीलाई हामीले स्कूल ब्याग लगायत अन्य स्टेसनरी बाँड्यौं ।’
यिनै कार्यक्रमहरूले गर्दा आफ्नो दशैं अरूको भन्दा विशेष उल्लासमय बनेको भण्डारीले दाबी गरे ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...