बिर्सने बानी छ ? सावधान ! गम्भिर बिरामीको लक्षण हुन सक्छ...

असोज २३, २०७६

काठमाडौं – घरमा चाबी या  सिरानीमा पैसा राखेर भूल्ने बानी अधिकांशलाई हुन्छ ।

वयस्क व्यक्तिमा हुने भूल्ने बानी  गम्भिर रोगको लक्षण हुन सक्छ । किशोरावस्थामा भूल्ने बानी भएमा डेमेन्शीया वा अल्जाइमरको रोग लाग्न सक्छ । यहाँ किशोरावस्थाका मानिसलाई किन भूल्ने बानी पर्छ भन्नेबारे उल्लेख गरिएको छ । 


ADVERTISEMENT

तनाव–  धेरै तनावका कारण मानिसको सोच्न सक्ने क्षमतामा ह्रास आउँछ । धेरै तनावका कारण मानिसम डेमेन्शीया र अल्जाइमरको शिकार हुन जान्छ । 

कामको चाप– जब मानिस कामको चापमा पर्छ तब उसको दिमागमा असर पर्छ । सन् २०१७ को एक रिपोर्टका अनसार करिब २।५ प्रतिशत मानिसको स्मरण शक्ति कामको चापका कारण प्रभावित हुन्छ । 

निन्द्राको कमी– जब मानिस अनिन्द्राको शिकार हुन्छ तब यसको असर स्मरण शक्तिमा पर्न जान्छ । अनिन्द्राका कारण स्वास्थ्यमा त असर पर्छ नै साथसाथै स्मरण शक्ति पनि कम हुँदै जान्छ । 

डिप्रेशन वा अन्य मानसिक रोग– लामो समयदेखि डिप्रेशनको शिकार हुने मानिसमा पनि बिर्सने बानी हुन्छ । 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस