कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
काठमाडौं – टर्कीले उत्तरपूर्वी सिरियामा कुर्दिशहरूका विरुद्ध बुधवार आक्रमण थालेपछि कुर्दिशको कब्जामा रहेका इस्लामिक स्टेट (आईएस)का आतंकवादीहरू भाग्ने डर अमेरिकी अधिकारीहरूलाई लागेको छ ।
अमेरिकाले सिरियामा गरेको आईएसविरुद्धको कारवाहीलाई टर्कीको आक्रमणले हानिकारक असर पारेको अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले बताए ।
टर्कीको आक्रमणका कारण स्थानीय सुरक्षा बल निर्माण गर्ने, स्थिरता ल्याउने कारवाही गर्ने र ११ हजार खतरनाक आईएस लडाकूको निगरानी गर्ने सिरियन डेमोक्रेटिक फोर्सेसको क्षमतालाई चुनौती दिएको ती अधिकारीको कथन छ ।
आईएसका कैदीहरू भाग्ने भए त भनी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई सोध्दा उनले सबभन्दा खतरनाक आईएस कैदीहरूलाई सुरक्षित स्थानमा सारिएको बताए ।
उनले आईएस कैदीबाट हुने खतरालाई अवमूल्यन गर्दै भने, ‘अँ, तिनीहरू युरोपतिर भाग्नेछन् ।’
अमेरिकी अधिकारीहरूले ११ देखि १२ हजार आईएस लडाकूलाई युद्धभूमिमा समातिएको र जोखिमयुक्त अस्थायी कारागारमा राखिएको बताउँदै आएका छन् । तीमध्ये दुईहजार कैदी इराक वा सिरियाका हैनन् । ट्रम्पले दाबी गरे पनि सयौं कैदीहरू मात्र युरोपबाट आएका हुन् ।
तिनै अधिकारीहरूले कारागारको सुरक्षामाथि प्रश्नचिह्न रहेकोमा जोड दिए । सिरियन डेमोक्रेटिक फोर्सेसका सैनिकहरू टर्कीसँगको युद्धमा अग्रपंक्तिमा रहँदा आईएस कैदीहरू ठूलो चिन्ताको विषय बनेको उनीहरूले बताए ।
सयौं आईएस कैदीहरूलाई टर्की सीमानजिक कामचलाउ कारागारमा बन्दी बनाइएको अमेरिकी रक्षा अधिकारीहरू बताउँछन् ।
सीएनएनबाट
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...