नेयमारले बार्सिलोना छोडेर गल्ती गरे : मेस्सी

असोज २३, २०७६

काठमाडौं – बार्सिलोना क्लब र अर्जेन्टिनाका सुपरस्टार खेलाडी लियोनेल मेस्सीले नेयमारलाई बार्सिलोना छोडेर गल्ती गरेको थाहा भएको बताएका छन् । 

हालै दिएको एक अन्तर्वार्तामा उनले भने, ‘नेयमार संसारकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनको खेल्ने तरिका फरक छ र उनी बार्सिलोनामा फर्किएको भए हामीलाई फाइदै हुन्थ्यो ।’


ADVERTISEMENT

एन्टोइन ग्रीजम्यानलाई आफूले क्लबमा आउनबाट रोक्न खोजेको हल्ला सही नभएको मेस्सीले बताए । ‘ग्रीजम्यान पनि उत्कृष्ट खेलाडी हुन्,’ उनले भने । 

ब्राजिलका नेयमार सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनामा थिए । उनले १२३ खेलमा ६८ गोल गरेका थिए । त्यसपछि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मान गए । यस सीजनमा उनलाई बार्सिलोना फर्काउन खोजिएको भए पनि उनी आएनन् । 

क्लब चलाउने विषयमा गरिएको प्रश्नमा मेस्सीले आफू खेलाडीहरूलाई टीममा ल्याउने वा कोचलाई हटाउने विषयमा संलग्न नरहने बताए । ‘मैले भनेको लाग्थ्यो भने म नेयमारलाई फेरि क्लबमा भित्र्याउँथें नि,’ उनले भने ।

एजेन्सी

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस