आज रेखाको जन्मदिन, रहस्यमयी छ उनको जीवन

असोज २३, २०७६

काठमाडौं – भारतीय सिनेमाकी दिग्गज अभिनेत्री रेखाको अक्टोबर १० अर्थात् आज जन्मदिन हो । निजी र व्यावसायिक दुवै जीवनमा रेखा सधैं चर्चामा रहन्छिन् । 

उनको निजी जीवन रहस्यमयी छ । यहाँ हामी रेखाका केही रहस्यको चर्चा गर्नेछौं । 


ADVERTISEMENT

रेखाले थुप्रै विवाह गरेको बताइन्छ । तर सत्य के हो रेखालाई मात्र थाहा छ । रेखाले व्यापारी मुकेश अग्रवालसँग विवाह गरेकी थिइन् तर बिहेको एक वर्षपछि नै मुकेशले आत्महत्या गरे । 

रेखाले अभिनेता विनोद मेहरासँग गोप्य विवाह गरेको खबर आएको थियो । तर सिमी गरेवालसँगको कुराकानीमा रेखाले यसको खण्डन गरिन् ।

अमिताभ बच्चन, राज बब्बर, नवीन निश्चल, जीतेन्द्र, यश कोहली, किरन कुमार, शत्रुघ्न सिन्हा, अक्षय कुमार लगायका अभिनेतासँग रेखाको नाम जोडिन्छ । 

रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो । दक्षिण भारतीय फिल्मका अभिनेता जेमिनी गणेशन र तेलुगु अभिनेत्री पुष्पावलीकी छोरी हुन् रेखा । 

रेखा जन्मिँदा उनका बुवाआमाको बिहे नभएको बताइन्छ । रेखाका पिताले चार विवाह गरेका थिए तर रेखाकी आमासँग चाहिँ गरेनन् । 

रेखाले पितासँग कहिल्यै सुमधुर सम्बन्ध राखिनन् भनिन्छ । पिता मर्दा अन्तिम संस्कारमा पनि उनी गइनन् । 

शुरूशुरूमा आर्थिक समस्याका कारण रेखाले तेलुगुका बी र सी ग्रेड फिल्महरूमा काम गर्नुपरेको थियो । 

रेखालाई मेकअप गर्न शुरूदेखि नै एकदमै मन लाग्थ्यो । अहिले पनि उनी घरबाट निस्कँदा सजिएरै हिँड्छिन् । 

रेखाको कुनै स्टाइलिस्ट छैन । उनी आफ्ना कपडा र लूकहरू सबै आफैं स्टाइल गर्छिन् ।

एजेन्सी
 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस