१३ औं सागः बक्सिङ र पौडीका बिदेशी प्रशिक्षक नेपाल आए

असोज २३, २०७६

१३ औं दक्षिण एशियाली खेलकुदका लागि बक्सिङ र पौडीका प्रशिक्षक नेपाल आएका छन् ।

नेपाल बक्सिङ संघको निमन्त्रणामा उज्वेकिस्तानबाट नेपाल आएका आइवा प्रथम स्टार कोच एलिशेरलाई त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा बक्सिङका प्रमुख प्रशिक्षक प्रकास थापा मगरले स्वागत गरे । सो अवसरमा प्रशिक्षक थापाले हामी सवैमा उर्जा थपिएको धारण राख्दै भने– खेलाडीले वहाँबाट नयाँ टेक्निकहरु सक्निे छन्,हामी प्रशिक्षकले पनि प्रशिक्षणको बारेमा ज्ञान हाँसिल गर्ने अवसर मिल्ने छ ।  दश पटकका राष्ट्रिय च्याम्पियन प्रशिक्षक एलिसरले १२ पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका थिए । उनले १९९९ को एशियन खेलकुदमा स्वर्ण जित्दा १९९७ मा रजत हात पारेका थिए । प्रशिक्षक एलिसरले बिश्व प्रोफेस्नल बक्सिङमा समेत स्वर्ण जितेका थिए । उनी धदय च्याम्पियन हुन । नेपाल बक्सिङ संघको निमन्त्रर्णामा नेपाल आएका प्रशिक्षक एलिसरले १३ औं सागलाई लक्ष्य बनाएर प्रशिक्षण दिने छन् । उनले शुक्रवार देखिनै नेपाली राष्ट्रिय बक्सिङ टिम समाल्ने छन् । प्रशिक्षक एलिसरलाई  संघका पदाधिकारी,प्रशिक्षक,रेफ्रि र खेलाडीहरुले अन्तर्राष्ट्रिय एयरपोर्टमा भब्य स्वागत गरेका थिए ।


ADVERTISEMENT

त्यस्तै बिहिवारनै नेपाल पौडी संघको निमन्त्रणामा पौडीका लागि मित्र राष्ट्र भारतबाट प्रशिक्षक सतिस सुरी  नेपाल आएका छन् । भारतको राष्ट्रिय पौडी टोलीको लामो समय सम्म प्रशिक्षक रहेका सतिस सुरीले १३ औं सागमा सहभागि हुने खेलाडीहरुलाई प्रशिक्षण दिने छन् । उनलाई नेपाल पौडीसंघका महासचिव जगतवहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय एयरपोटमा स्वागत गरेका थिए ।

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस