फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
कावासोती –नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–१० मा घरबास (होमस्टे) स्थापना गरिएको छ ।
गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रका १३ घरमा घरबास स्थापना गरिएको हो ।
यसका लागि गण्डकी प्रदेश सरकारले रु १५ लाख अनुदान सहयोग उपलब्ध गराएको कावासोती नगरपालिका वडा नं १० का वडाध्यक्ष टेकनारायण महतोले बताए। प्रदेश सरकारको लागतमा सांस्कृतिक भवन निर्माण गरिएको छ । तेह्र वटा घरमा स्थापना गरिएको घरबासमा १०४ जनासम्म एकैपटक बस्नसक्ने वडाध्यक्ष महतोले बताए।
चिलाहा रतौल सामुदायिक ग्रामीण घरबासका रुपमा थारु समुदायले घरबास स्थापना गरेका हुन् । मध्यवर्ती क्षेत्र भएकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यहाँ आउने पर्यटकलाई लक्षित गरी घरबास स्थापना गरिएको उनले बताए।
घरबासका माध्यमबाट यस क्षेत्रका समुदायको आर्थिक विकासमा सहयोग पुग्ने वडा अध्यक्ष महतोले बताए। घरबासमा मुख्य गरेर थारु परिकार, थारु नृत्यका साथै थारु संस्कृति प्रमुख आकर्षण रहने उनले बताए। घरबासमा आउने पाहुनाले जङ्गल सफारी, डुङ्गा सयरको आनन्द लिन पाउने वडाध्यक्ष महतोले बताए।
घरबासको यही असोज ३० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ । योसँगै नवलपुरमा सञ्चालित घरबासको सङ्ख्या सात पुग्ने भएको छ ।
यसअघि नवलपुरको अमलटारी, पिप्रहर, ल्हापे, पोखरी, डेढगाउँ, बघुवनमा घरबास सञ्चालन भइसकेका छन् । कावासोतीमा नै थप दुई वटा घरबास सञ्चालनको तयारी गरिएको छ । लामिचौर, अमलटारी घरबास सञ्चालनका लागि पूर्वाधार निर्माणको काम चलिरहेको छ । मध्यबिन्दुको रतनपुर, सेहरीमा समेत घरबास सञ्चालनको तयारी गरिएको छ । यहाँ रहेका घरबासमा धेरैजसो आन्तरिक पर्यटक आउने गरेका छन् ।
जिल्ला सञ्चालित घरबास विभिन्न समुदायका रहेका छन् । थारु, मगर, गुरुङ र दराई समुदायद्वारा सञ्चालित घरबासमा समुदायअनुसारका संस्कृति प्रदर्शनी, रहनसहन, सोही समुदायका खानाका परिकार पर्यटकका लागि आकर्षक हुने गर्दछन् ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...