मंसिर ३, २०८०
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन् ।
राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आईसीसीको टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा समावेश भएका हुन् ।
नेपाली बलरहरूमा सन्दीप शीर्ष स्थानमा छन् । वरियताको बलिङतर्फ सन्दीप ६४ औं स्थानमा रहेका छन् । सन्दीपले ४२२ रेटिङ अङ्क पाएका छन् ।
यस्तै ३७७ रेटिङ अङ्क पाएका करण ८३ औं स्थानमा छन् । ३५२ रेटिङ अङ्क पाएका अविनाश १०० औं स्थानमा छन् ।
त्यस्तै बलिङतर्फ सोमपाल ४०८ रेटिङ अङ्कसहित ६८ औं स्थानमा छन् । ३८६ रेटिङ अङ्क पाएका वसन्त ९० औं स्थानमा झरेका छन् । टी ट्वान्टीको अलराउन्डर वरियतातर्फ कप्तान पारस २४ औं स्थानमा उक्लिएका छन् ।
कप्तान खड्काले १०८ रेटिङ अङ्क पाएका छन् । अलराउन्डरतर्फ ५९ रेटिङ अङ्क पाएका नेपालका सोमपाल कामी ६२ औं स्थानमा यथावत् रहेका छन् । अलराउन्डतर्फ करण ४२ रेटिङ अङ्कसहित ८२ औं स्थानमा छन् ।
ब्याटिङतर्फ कप्तान खड्काले ठूलो फड्को मारेका छन् । कप्तान पारस ४५ औं स्थानमा उक्लिएका छन् । ४६६ रेटिङ अङ्क पाएका कप्तान पारस अघिल्लो पटक ६६ औं स्थानमा रहेका थिए ।
तस्वीर : करण केसीको फेसबूक पेजबाट
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...