×

NMB BANK
NIC ASIA

सहकारीले बेचे दुई करोडका खसीबोका

असोज २५, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

दाङ –बडादशैंंका अवसरमा दाङका छ महिला सहकारीले करीब रु  दुई करोडको खसीबोका उत्पादन गरेर बिक्री गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

यस वर्षको दशैंमा सबैभन्दा बढी लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ९० लाख ४१ हजार मूल्यका  एक हजार ५३०  खसीबोका बिक्री गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाले  सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका एकमुष्ट सङ्कलन गरेर सहकारीमार्फत नै व्यापारीलाई बिक्री गरिएको जानकारी दिइन्।


Advertisment
Nabil box
Kumari

सहकारीले उत्पादन गरेका खसीबोका थोरै मात्र जिल्लामा खपत भएको र अन्य सबै जिल्ला बाहिर एवम् राजधानी पठाइएको उनले बताए। सहकारीले यस वर्ष करीब  तीन हजार पाँच सय खसीबोका बिक्री गर्ने लक्ष्य राखेको छ । 

Vianet communication
Laxmi Bank

यस्तै लमही नगरपालिका ८ सतबरियामा रहेको नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ४५ लाख ४४ हजार मूल्य बराबरको खसीबोका दशैंमा बिक्री गरेको छ । सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका ८७६  खसीबोका दशैंमा बिक्री गरिएको छ ।  यस वर्ष करीब  दुई हजार ८०० खसीबोका सहकारीले बिक्री गर्ने लक्ष्य लिएको सहकारीका अध्यक्ष पुनम घर्तीले जानकारी दिए। 

यस्तै दीपन सहकारी संस्थाले पनि ८७६  खसीबोका रु २८ लाख ९६ हजारमा बिक्री गरेको छ । घोराही उपमहानगरपालिका १३ मा रहेको ज्यामिरे महिला सहकारीले पनि ४६७  खसीबोका रु १४ लाख ८०९ मा बिक्री गरेको छ । समुन्नति सामाजिक उद्यमी महिला सहकारीले ८९६ खसीबोका  रु १५ लाख ५६ हजारमा बिक्री गरेको छ । 

सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका सहकारीका सहजकर्तामार्फत घरघरमा पुगेर उनीहरुकै अगाडि तौलिएर बेच्ने गरिएको सहकारी सहजकर्ता पावती बस्नेतले जानकारी दिए। महिलालाई उत्पादन र उद्यमसँग जोड्ने उद्देश्यले दाङसहित प्युठान र सल्यानमा पनि  ग्रामीण महिला उत्थान केन्द्रले महिला सहकारी संस्था स्थापना गरेको थियो । 

केन्द्रद्वारा सञ्चालित पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसान परियोजनाका कार्यक्रम संयोजक भीमकान्त चौधरीले  तीन जिल्लाका १२  सहकारीले दशैंमा मात्रै आठ हजार ८५० खसीबोका बिक्री गरेका छन् । उनका अनुसार दाङका छ, प्युठानका तीन र सल्यानका तीन सहकारीले रु तीन करोड मूल्य बरावरको खसीबोका बिक्री गरेका छन् ।

ती तीन जिल्लामा रु दुई करोड ९८ लाख ४६ हजार ९८१ बराबरको खसीबोका बिक्री गरिएको छ । ती सहकारीमा आबद्ध महिलाले यस वर्ष करीब २० हजार ३३४ खसीबोका उत्पादन गर्ने लक्ष्य लिएका छन् । 

अहिले जिल्लामा करीब दर्जन बढी महिला उद्यमी सहकारी संस्थाले सहकारी सदस्यमार्फत खसीबोका, कुखुरा, हाँस र दूध उत्पादनको काम गरिरहेका छन् । महिला उत्थान केन्द्रको मातहतमा रहेका ती सहकारी एउटामा कम्तीमा ५०० देखि एक हजारसम्म  सदस्य छन् । उनीहरु उत्पादनको काममा सक्रिय छन् ।

तिनै सहकारीले अहिले जिल्लामा खसीबोकाको माग धानी राजधानीसम्म पठाउने काम गरिरहेका छन् । 

सहकारीमा महिलाले २५ किलोभन्दा माथि जिउँदो खसी रु ५३५ प्रतिकिलो, २० देखि २५ किलोसम्मको रु ५१० प्रतिकिलो र बोका २० किलोदेखि माथि रु ५१० प्रतिकिलोमा घरैबाट बिक्री गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x