कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
काठमाडौं – इक्वेडरमा राज्यले इन्धनमा दिएको छुट हटाउने निर्णयपछि भड्किएको विरोध प्रदर्शनमा व्यापक हिंसा भएपछि राष्ट्रपति लेनिन मोरेनोले सेनालाई सडकमा उतारेका छन् ।
मुकुण्डो लगाएका विरोधकर्ताहरूले एक टेलिभिजन स्टेसन, पत्रिका र महालेखापरीक्षकको कार्यालयमा शनिवार आक्रमण गरेर आगजनी गरेका छन् । आगजनीका कारण राजधानी क्विटोकोमा कालो धूवाँको बाक्लो मुश्लो फैलिएको थियो ।
त्यसको दुई घन्टापछि मुकुण्डो लगाएका कैयौं मानिसहरू निजी टेलिभिजन स्टेसन टेलिअमेजोनास पुगेर भुइँतल्लामा आगो लगाए अनि भवनभित्र पस्न खोजे । त्यहाँ लगभग २० कर्मचारी फसेका थिए ।
राष्ट्रपति मोरेनो राष्ट्रिय टेलिभिजनमा उपराष्ट्रपति र रक्षामन्त्रीका साथ देखिएर अपराह्न ३ बजेबाट सैन्य कर्फ्यु लगाउने घोषणा गरे ।
उनले लागूऔषध तस्कर, संगठित अपराधी र पूर्वराष्ट्रपति रफाएल कोरीयाका समर्थकहरूले हिंसा मच्चाएको आरोप लगाए ।
मोरेनोले मुकुण्डो लगाएका विरोधकर्ताहरूको आदिवासी इक्वेडोरवासीहरूसँग कुनै सम्बन्ध नरहेको बताए । ती आदिवासीहरूले इन्धनको मूल्य बढेकोमा एक हप्तादेखि विरोध गर्दै आएका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोषले समर्थन गरेको खर्चकटौती प्याकेजअन्तर्गत इन्धनको मूल्य बढेको हो ।
एजेन्सी
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...