×

NMB BANK
NIC ASIA

यात्रुबाट बढी भाडा लिने सवारीसाधन कारवाहीमा

असोज २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उदयपुर- उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट राजधानी काठमाडौंका लागि सञ्चालन हुने बस र र सुमोसहित सातवटा सवारीका साधनले यात्रुबाट महँगो सवारी भाडा लिएर ठगी गरेको कारण यी सवारीका साधनलाई ट्राफिक प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी कारवाही शुरू गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

दशैंको समयमा यातायात व्यवसायी स्थानीय प्रहरी प्रशासनसहित बसेर निर्धारण गरेको भाडादरभन्दा दोब्बर महँगो भाडा लिएर यात्रु ठग्ने सातवटा सवारीसाधनलाई पक्राउ गरेर कारवाही शुरू गरिएको ट्राफिक प्रहरी कार्यालय उदयपुर गाईघाटका प्रमुख दिनेश चौधरीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी कारवाहीमा पर्ने ठूला सवारीसाधन बसमा गाईघाट– काठमाडौं सञ्चालन हुने बस बा४घ ४८४८, बा४ख १९२६, बा२ख ९१८८ र बा५ख ५७४५ नम्बरका बस रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले बताएको छ ।


Advertisment
Nabil box
Kumari

गाईघाट काठमाडौं प्रतियात्रु सवारी भाडा ८०० निर्धारण गरेको भए पनि यी सवारीसाधनका सञ्चालकले प्रतियात्रु एक हजार पाँचका दरले टिकट काटेर यात्रु ठगिरहेको रङ्गेहात पक्राउ गरिएको कारण बसका तीनजना स्टाफलाई समेत आजै पक्राउ गरिएको पनि ट्राफिक प्रहरीले बताएको छ । यात्रुबाट ठगेको १४ हजार ७०० भने यात्रुलाई नै फिर्ता गराइएको पनि प्रहरीले बताएको छ ।

Vianet communication
Laxmi Bank

यस्तै गाईघाट काठमाडौं सञ्चालन हुने र महँगो सवारी भाडा लिने तीनवटा सुमोलाई पनि पक्राउ गरेर कारवाही शुरू गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कारवाहीमा परेको सुमोमा ना१ज ६९२०, ना१ज ६२७९ र स१प ४७२ नम्बरका सुमो रहेको छन् । गाईघाट काठमाडौं प्रतियात्रु एक हजार सुमो भाडा निर्धारण गरिएको भए तापनि यी सुमोले प्रतियात्रु एक हजार २०० देखि एक हजार ४०० सम्म सवारी भाडा लिएको भेटिएको कारण कारवाही अगाडि बढाइएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार यात्रु ठग्ने सवारी सञ्चालकमाथि ठगी सम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी प्रमुख बुढामगरले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x