×

NMB BANK
NIC ASIA

यस्तो रह्यो काङ्ग्रेसको चियापान कार्यक्रम

असोज २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महतलगायतका नेताले स्वागत गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रम दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म आयोजना गरिएको थियो । कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेकपा (माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिएका थिए ।


Advertisment
Nabil box
Kumari

उपस्थित शीर्ष नेताहरुले दशैँलगायत पर्वहरुको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना दिनुका साथै सञ्चारकर्मीको जिज्ञासामा समसामयिक राजनीतिक विषय र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमण सफल भएको सम्बन्धमा समेत आफ्ना धारणा व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

चियापान व्यवस्थित भन्दै प्रशंसा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा शुभकामना दिन विभिन्न दलका शीर्ष नेता, मन्त्रीहरु, सांसद, राष्ट्रसेवक कर्मचारी, कुटनीतिक नियोगका प्रतिनिधि, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, कानून व्यवसायी, मानवाधिकारकर्मी, सञ्चारकर्मी, पार्टीका नेता कार्यकतालगायत हजारौँको उपस्थिति थियो ।

कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा पार्टीका झण्डा, ब्यानरसहित सजिसजाउ गरिएको थियो । आमन्त्रित अतिथिहरुको लामो लाइन भए पनि शुभकामना आदानप्रदान र चियापानका लागि उचित प्रबन्ध गरिएको थियो ।

अतिथि एवं नेता कार्यकर्ताको लाइन व्यवस्थापन गर्न प्रवेशका लागि पश्चिम ढोका र बाहिरिनका लागि पूर्वी ढोकाको प्रयोग गरिएको थियो । त्यस्तै सञ्चारकर्मीका लागि रिर्पोटिङ गर्न तथा तस्बीर र भिडियो खिच्नका लागि छुट्टै स्टेज र शीर्ष नेतालाई शुभकामना मन्तव्य दिनसमेत छुट्टै माइक स्टेजको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा आमन्त्रितहरुले यो पटक काङ्ग्रेसले चियापान कार्यक्रम निकै व्यवस्थित गरेको भनी प्रशंसासमेत गरेका थिए । कार्यक्रममा ५० बढी पिन्ट रगत सङ्कलन चियापान कार्यक्रमकै अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पार्टीका ५० भन्दा बढी नेता कार्यकर्ता एवं सर्वसाधारणले स्वतःस्फूर्त रुपमा रक्तदान गरेका थिए । काङ्ग्रेसले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाको हकमा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लाका सदरमुकाममा सम्बन्धित जिल्ला कार्यसमितिको संयोजनमा चियापान समारोह आयोजना गरेको थियो ।

सिन्धुपाल्चोकमा भने शुक्रबारको बस दुर्घटनामा परी १५ जनाको निधन भएकाले चियापान स्थगित गरिएको पार्टी कार्यालयले जनाएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x