पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाँके –नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान सञ्चालन गरेको छ ।
उपमहानगरपालिकाको यो अभियानमा सहयोग गर्ने भनी यहाँका राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धतामा जनाएका छन् ।
अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्रीहरु तयार गरेर नगरका चोकचोकमा झुण्ड्याएको छ । गैरसरकारी संस्थाहरुसँग सहकार्य गरेर विकल्पका रुपमा कपडाका कागजका झोला र बोराहरु उत्पादन गरेर वितरण पनि गरिएको छ ।
उपमहानगरपालिकाले प्लाष्टिकजन्य प्रयोगलाई न्यूनीकरण गर्दै निषेध गर्नेसम्मको तयारी गरिरहेकोे जनाए पनि गत वर्षदेखि लागू गरेको फोहरमैला व्यवस्थापन ऐनले प्लाष्टिकजन्य फोहरलाई भने समेट्न सकेको छैन । यो नै अद्यावधिक गर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतर्पm यस वर्षको कार्यक्रम र बजेटमा पनि फोहारमैला व्यवस्थापनको दीर्घकालीन योजना बनाउने विषय समेटिएको छैन ।
'नमिलेको विषयवस्तु हामी मिलाउँछौँ, ऐन नियम बनाउनेदेखि संशोधन गर्ने, बजेट विनियोजन गर्नेलगायतका सबै कुरा अभियानको कार्यक्रमभित्र समेटिने छ', नगरप्रमुख डा धवलशम्शेर राणाको भने।
अभियानको कार्यक्रमअन्तर्गत अहिले विभिन्न सङ्घसंस्थाले प्लाष्टिकजन्य फोहर सङ्कलन पनि गरिरहेका छन् तर प्लाष्टिकजन्य पदार्थलाई छुट्याएर राख्ने भने गरिएको छैन । उपमहानगरपालिकाले विशेषगरी पोलीथिन प्रयोग नियन्त्रणको पहल गरिरहेको छ । कपडा र कागजको झोला प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । प्लाष्टिकजन्य प्रदूषण रोक्न सरकारी निकायको पहलले मात्र सम्भव छैन ।
'प्लाष्टिक नियन्त्रणका लागि स्थानीय तहले पनि थप अग्रसरता देखाउनुपर्छ', नगर प्रमुख राणाको थप भनाइ छ, 'वातावरण मैत्री व्यवसायका लागि उपमहानगरपालिकाले सहयोगसमेत गर्दै आएको छ ।' प्लाष्टिकजन्य फोहर व्यवस्थापनका अभियन्ता हरि सुवेदीले प्लाष्टिकजन्य फोहर व्यवस्थापनका लागि तयार गरिएको उपमहानगरपालिको वार्षिक र त्रिवर्षीय योजनालाई कार्यान्वयन गर्नतर्फ केन्द्रित हुनुपर्ने बताए।
'योजनालाई प्रभावकारी कार्यान्वयनतर्फ लैजान जरुरी छ । यसका लागि उपमहानगरपालिका स्वयंले अगुवाइ गरेर सरोकारवाला पक्षबीच थप समन्वय र सहकार्य गर्नुपर्दछ । अनि मात्र प्लाष्टिकजन्य फोहरमुक्त समाज निर्माण गर्न सक्छौँ', उनले भने।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...