कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
असोज २७, २०७६
बुटवल– प्रदेश नम्बर ५ लाई सडकमानवमुक्त बनाउने अभियान शुरू भएको छ । अब प्रदेशका कुनैपनि धार्मिकस्थलदेखि सडक पेटीमा बसेर कसैले पनि भिख माग्न पाउने छैनन् ।
प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोमवार पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित शिद्धबाबा मन्दिर र रुपन्देहीको तल्लो शिद्धबाबा मन्दिर परिसरमा भिक्षा निषेधित क्षेत्र घोषणा गरी प्रदेशलाई सडकमानवमुक्त बनाउने अभियानको शुरूवात गरे ।
‘घरबारबिहीन बेसाहारा, परित्यक्त, असहाय तथा जीवन जोखिममा रहेकाहरूलाई हामी तयार छौं’ भन्ने नाराका साथ अभियान शुरू गरिएको हो ।
प्रदेश नम्बर ५ का विभिन्न धार्मिक मठ मन्दिर, शहरका पार्टी पैवामा भिक्षा मागेर जीवन गुर्जाने धेरै मानिस छन् । प्रदेशमा सडक मानव कति छन् भन्ने यकिन तथ्यांक प्रदेश सरकारसँग छैन ।
सो अवसरमा बोल्दै मन्त्री बरालले मानवताका हिसाबले कुनैपनि नागरिकले भिक्षा माग्नु कलंक भएको बताए । ‘बाध्यताका आधारमा सडक र मन्दिरमा बसेर माग्नेलाईलाई हामी आश्रममा राख्छौं,’ मन्त्री बरालले भने, ‘प्रदेश सरकारको संकल्प छ, हामी सडकमा बसेर माग्न दिने छैनौं । काम गर्न सक्नेलाई काम गर्ने वातावरण मिलाउँछौ । बिरामीलाई उपचार गर्छौं । व्यवस्थित आश्रममा राख्छौं ।’
पहिलो चरणमा मठ मन्दिरमा बसेर भिक्षा माग्नेलाई हटाउने प्रदेश सरकारको योजना छ । सोमवार शिद्धबाबामा मन्दिरमा भिक्षा मागेर खाने १८ जना सन्त महन्तलाई बुटवलस्थित मानव सेवा आश्रममा लगिएर राखिएको छ ।
प्रदेश सरकारले गत वर्षदेखि नै शुरू गरेको अभियानले आइतबारबाट औपचारिकता पाएको हो । प्रदेशले सडकमानवमुक्त बनाउन मानव सेवा आश्रमको सहकार्यमा बुटवलका लागि २५ र नेपालगञ्जका लागि २५ लाख गरी ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
सडक मानवलाई राख्ने व्यवस्था गर्ने जिम्मा मानव सेवा आश्रमले लिएको छ । त्यस्तै सरकारले अनाथ र जेष्ठ नागरिकका लागि रूपन्देहीकै सैनामैना नगरपालिकामा जेष्ठ नागरिक केन्द्र निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ।
शिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले भिक्षा दिने र भिक्षा माग्नेलाई सबैलाई निरुसाहित गर्न लाग्नुपर्ने बताए ।
उनले भिक्षा माग्नेहरू कोही धर्मप्रति निष्ठावान रहेपनि केही मदिरा र लागू पद्धार्थ खाने पनि रहने गरेको जानकारी दिए ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले आश्रममा बेसहारालाई राख्न कुनै आनाकानी र हिचकिचावट नहुने बताए ।
सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख शारदा बस्यालले सरकारको अभियानमा सबैको साथ र सहकार्य आवश्यक भएको औंल्याइन् ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...