कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौं – मध्यपुरथिमि अस्पतालबाट खरिबोट हुँदै सूर्यविनायक नगरपालिका–५ दधिकोट गाम्चा जाने वैकल्पिक सडक निर्माण भएको छ ।
मध्यपुरथिमि नगरपालिका र दधिकोट जोड्ने हनुमन्ते खोलामा पुल निर्माण भएसँगै शुरु गरिएको उक्त सडकमा कालोपत्र गरिएको थियो ।
सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको पहलमा निर्माण भएको उक्त सडकको उनीसहितको टोलीले अनुगमनसमेत गरेको थियो । सङ्घीय सरकारको रु एक करोड र उपत्यका विकास प्राधिकरणको रु ५७ लाख गरी कूल रु एक करोड ५७ लाखको लागतमा उक्त सडक निर्माण गरिएको सांसद बस्नेतले जानकारी दिए।
सडकको दायाँबायाँ फुटपाथसहितको ११ मिटर चौडाइ तथा करीब ४०० मिटर लम्बाइ रहेको उक्त सडक निर्माणसँगै अब मध्यपुरथिमि शङ्खधरचोकबाट दधिकोट जान सहज भएको छ । थिमि–शङ्खधर चोकबाट दधिकोट जाँदा हरेक दिन सवारी साधान जाम हुने र केही महीनाअघि नयाँ पुल निर्माण गर्ने क्रममा अवरुद्ध सडकले यहाँका बासिन्दाले सास्ती पाए पनि अब भने यो वैकल्पिक सडकका कारण यात्रामा सहज भएको छ ।
मध्यपुर अस्पताल हुँदै दधिकोट हर्षचोक जोडिने उक्त सडकले थिमिबाट दधिकोट जाने दूरीसमेत घटाएको छ भने दशैंमा समेत ठेकेदारलाई काम गर्न लगाएर समयमै यो सडक निर्माण गरिएको र अब दुबैतर्फको फुटपाथ पनि अब छिट्टै निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताइएको थियो ।
आइतबार उक्त सडक कालोपत्र भएसँगै त्यसको गुणस्तरसमेत परीक्षण गरी सांसद बस्नेतको नेतृत्वमा नेकपा जिल्ला अध्यक्ष बचन देउजा, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीसमेतको टोलीले सो सडक अनुगमन गरेको थियो ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...