×

NMB BANK
NIC ASIA

उपचुनाव : दोहोरिएला त वाम गठबन्धनको राप ?

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ – विसं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली कांग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमायो । कांग्रेस पराजयको प्रमुख कारण थियो, वाम गठबन्धन ।

Muktinath Bank

तत्कालीन नेकपा (एमाले), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावमा होमिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एकलौटी जित हासिल पनि भयो । चुनावपछि एमाले–माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । तीन दलको गठबन्धन दुईमा झर्‍यो । क्षेत्र नं २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनमार्चाका टेकबहादुर घर्तीको निधन भएपछि उक्त क्षेत्रमा आउँदो मङ्सिर १४ मा उपचुनाव हुँदैछ । दलहरु आन्तरिक तयारीमा जुटेका छन् । तिहारपछि चुनावी अभियानलाई तीव्र पार्दैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपचुनावको सरगर्मी शुरु भएसँगै विगतको वाम गठबन्धन राप कस्तो  होला भन्ने प्रश्न राजनीतिक वृत्तमा उब्जिएको छ । वाम दलहरुले आ–आफ्नै तर्क अघि सारेका छन् । गठबन्धन जोगाउने कि तोड्ने भन्नेमा मत विभाजित छ । उपचुनाव केही स्थानमा मात्र हुने भएका कारण निर्वाचन क्षेत्र बाँड्ने सुविधा यसपालि वाम गठबन्धनलाई छैन । प्रदेशसभा सदस्यसँगै जिल्लाको बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपचुनाव हुँदैछ ।


Advertisment
Nabil box
Kumari

वडाध्यक्षमा निर्वाचित विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त वडामा पनि उपचुनाव हुनलागेको हो । प्रदेशसभा सदस्य र वडाध्यक्षमा एक÷एक पाउने गरी दुई दलबीच चुनावी तालमेल हुने सम्भावना ज्यादै न्यून छ ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले विगतकै सहमति कायम हुनुपर्ने जिकिर गरे। 'दुई दलबीच सहकार्य गरेर चुनावी परिणाम निकालेको हो, विगतको सहमति तोडिएको छैन', उनलेभन्नुभयो, 'पाँच वर्षका लागि हाम्रो उम्मेदवार जिताएको हो, अहिले पनि हामीले नै पाउनुपर्छ', उनले भने।

नेकपासँग घनिभूत ढङ्गको छलफल हुन बाँकी नै रहेको र राष्ट्रिय जनमोर्चाकै उम्मेदवार स्वीकारेर जाने कुरामा आफू विश्वस्त रहेको अध्यक्ष थापाको भनाइ छ । 'गठबन्धनका विषयमा दुवै दलका केन्द्रीय नेतृत्व बसेर उपयुक्त निर्णय गर्लान्', उनलेभन्नुभयो, 'हामी पनि माथिको निर्णय पर्खेर बसेका छौँ ।'

गएको संसदीय चुनावमा पनि तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका शीर्षस्थ नेता बसेर उम्मेदवारको भागबण्डा मिलाएका थिए । प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ मा एमाले, २ मा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो । यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ (क) मा एमाले, (ख) मा राष्ट्रिय जनमोर्चा, क्षेत्र नं २ (क) माओवादी केन्द्र र (ख) राष्ट्रिय जनमोर्चाले पाएको थियो ।

नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले गठबन्धन र उम्मेदवारबारे पार्टी केन्द्रले नै निर्णय गर्ने बताए। 'हाम्रा साथीहरुको कुरा एक्लै जितिन्छ भन्ने छ, राष्ट्रिय जनमोर्चासँग पनि राम्रो उम्मेदवार छैन', उनलेभन्नुभयो, 'सुझाव तलबाट लिएर माथिबाटै निर्णय हुन्छ ।'

उनलेप्रसङ्ग चल्दा कुराकानी भए पनि उपचुनावलाई लिएर राजमोसँग औपचारिक वार्ता नभएको उल्लेख गरे। अनौपचारिक छलफलका क्रममा राजमोका नेताले नेकपाले उपचुनावमा सहयोग गर्नुपर्ने बताउँदै आएका छन् । कांग्रेस बलियो प्रतिद्वन्द्वी भएका कारण गठबन्धन नबने दुवै वाम दलका लागि जित कठिन हुने कतिपय नेताहरु बताउँछन् ।

नेकपाका स्थानीय नेताहरु भने राजमोलाई सहयोग गरेर जाने कुरामा सहमत छैनन् । नेकपाभित्र एक्लै चुनाव लड्नुपर्ने मत बलियो छ । वाम दल एक्लाएक्लै चुनाव भिडेमा नेपाली कांग्रेसलाई फाइदा पुग्ने एकाथरिको विश्लेषण छ । उपचुनाव हुने क्षेत्रमा कांग्रेसको पनि बलियो पकड छ ।

नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे ‘अनिल’ ले वाम एकताको भावना जीवितै रहे पनि फरक पार्टीबीच सधैँभरि चुनावी गठबन्धन नहुन पनि सक्ने बताए। 'केन्द्रले निर्णय गर्ने हुँदा यसै भन्न सकिने अवस्था अहिले छैन', उनलेभन्नुभयो, 'वाम दलसँग मिलेर जाने कुरामा हाम्रो पार्टी सकरात्मक छ ।'

नेकपा र राष्ट्रिय जनमोर्चाबीच उपचुनाव हुने अन्य जिल्लामा पनि गठबन्धन बनाएर जाने सम्भावनालाई पनि नकार्न नसकिने नेताहरु बताउँछन् । दुवै दलका केन्द्रीय नेतृत्वबीच सहमति हुँदा बागलुङमा नेकपा या राजमोमध्ये जसले पनि उम्मेदवार पाउन सक्छ ।

गठबन्धन बनाएर चुनाव लड्दा गएको चुनावमा वाम दलले सजिलै जित निकालेका थिए । भारी मतान्तरमा कांग्रेसका उम्मेदवारले हार व्यहोरेका थिए । उपचुनाव हुने क्षेत्र नं २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्तीले ११ हजार ८८४ मत पाउनुभएको थियो । 

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जीत शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नुभएको थियो । विरासत जोगाउनबाट चुकेको नेपाली कांग्रेसले त्यसबेला वाम गठबन्धनविरुद्ध एक्लै चुनाव लडेको थियो । उक्त क्षेत्रमा हाल मतदाताको सङ्ख्या केही थप भएको छ । उपचुनावका लागि ३६ हजार ९२६ मतदाताको नामावली टुङ्गिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत चुनावमा ३३ हजार २४० मतदाता थिए ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको निर्वाचन क्षेत्र नं २ (ख) मा ४२ मतदानस्थल छन् । उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको गत वर्ष मङ्सिर २६ गते कमलपित्त रोगबाट ग्रसित भई निधन भएको थियो । 

यस्तै बडीगाड गाउँपालिका–२ मा वडाध्यक्षका लागि हुने उपचुनावका लागि पनि दलहरु आन्तरिक तयारीमा छन् । निर्वाचन क्षेत्र नं २ (क) मा पर्ने उक्त वडामा गएको चुनावमा तत्कालीन नेकपा (एमाले) का विष्णुप्रसाद भुसालले ६१४ प्राप्त गरी विजयी हुनुभएको थियो । 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका होसियारसिंह थापाले ३२३ मत प्राप्त गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चाले ७३ र तत्कालीन माओवादी केन्द्रले जम्मा १० मत पाएको थियो । उक्त वडामा वाम दल एक्लाएक्लै चुनाव लडेका थिए । त्यस वडामा अहिले एक हजार ७७५ मतदाता छन् ।
     
मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४१ गरी कूल ५० पदमा उपचुनाव हुँदैछ । उपचुनावका लागि २१ दल निर्वाचन आयोगमा दर्ता भई चुनाव चिह्नसमेत पाइसकेका छन् । रामबहादुर थापा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x