×

NMB BANK
NIC ASIA

समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गरेकी छन् ।

Muktinath Bank

गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनको बुधवार यहाँ उद्घाटन गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा उपयुक्त वातावरण बनेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गरिन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति भण्डारीले नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल वातावरणमा संसारभरि आर्जेका ज्ञान, सीप अनुभव र उद्यमशीलतालाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन्। उनलेव्यक्तिगत तथा सामूहिक लगानीमार्फत समुन्नत नेपाल निर्माणको महाअभियानमा सहभागी हुन गैरआवासीय नैपालीलाई आग्रह गरिन्।
    
'पूर्वाधार विकास, कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण, औद्योगिकीकरण र आर्थिक समृद्धि अहिलेको हाम्रो साझा प्राथमिकता हो । सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय साझा आकाङ्क्षा पूरा गर्ने दिशातर्फ केन्द्रित छन्, विकास र समृद्धिको यो यात्रा एउटा अभियानका रुपमा अघि बढिरहेको छ', उनलेभन्नुभयो, 'गैरआवासीय नेपालीले नेपालमा गर्ने लगानीलाई थप प्रोत्साहन र सहजीकरण गर्न सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको छ ।' सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित नेपाल अहिले आर्थिक सामाजिक विकासको युगान्तकारी चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्व, दिगो शान्ति र स्थिरता कायम भएको बताइन्।


Advertisment
Nabil box
Kumari

नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग र उपयोग गर्ने गरी गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको उल्लेख गर्दै उनले यो संवैधानिक व्यवस्थालाई व्यवहारमा उतार्न गैरआवासीय नेपालीसम्बन्धी नयाँ ऐन र नागरिकता ऐनलाई संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको बताइन्। उनले आगामी दिनमा गैरआवासीय नेपालीलाई ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। 

Vianet communication
Laxmi Bank

नेपालको विकास र समृद्धिमा योगदान गर्ने उद्देश्यका लागि स्थापना भएको सङ्घको सक्रिय भूमिकाको प्रशंसा गर्दै उनलेआगामी दिन मुलुकको विकास निर्माण थप सहयोग गर्नसमेत आग्रह गर्नुभयो । पूर्वाधार निर्माण, शैक्षिक उन्नयन, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्न पनि उनले जोड दिइन्। देशभित्र र देश बाहिर रहेका हामी नेपाली एउटै परिवारका पारिवारिक सदस्य रहेको भन्दै उनलेहरेक दुई वर्षमा हुने सम्मेलन पारिवारिक मिलनको समेत रहेको बताइन्। 

'देशभक्ति र मातृभूमिप्रतिको समर्पण भौगोलिक सीमाभित्रमात्र सीमित हुँदैन । राष्ट्र र राष्ट्रियताको भावना मानवजातिको विकासक्रमको उच्चतम मान्यता हो । यसले मानिसलाई व्यक्ति, परिवार र समाजभन्दा माथिल्लो तहमा सङ्गठित गरी साझा राष्ट्रिय आकाङ्क्षा एवं उद्देश्यप्राप्तिका लागि प्रेरणा दिन्छ', उनले भनिन्।

राष्ट्रपति भण्डारीले आआफ्नो जीवनयात्रा, बाध्यता र परिस्थितिले संसारको जोसुकै कुनामा छरिएर रहेका भए पनि सबै नेपाली एकै परिवार भएको उल्लेख गर्नुभयो । उनलेदेश बाहिर बसेका र देशभित्र रहेका निरन्तर सम्पर्क, आवतजावत, सहयोग, सहकार्य हुनुपर्नेमा जोड दिइन्। उनले एनआरएनको भूमिका नेपाल र नेपालीको परिचय, पहिचान र उन्नतिमा मात्र सीमित नभई नेपाल र विश्वलाई भाइचारा र सद्भावनामा जोड्ने पनि हो भनिन्। विश्वशान्तिका अग्रदूतको पवित्र जन्मभूमिसँग गहिरो सम्बन्ध भएका गैरआवासीय नेपालीहरुले सहिष्णुता, करुणामैत्रीको सन्देशलाई बलियोसँग आत्मसात् गर्दै उनलेविश्वमा सद्भावना दूतका रुपमा प्रस्तुत गर्नुपर्दछ भनिन्।    
    
भौतिक आर्थिक सम्पन्नता र सफलतासँगै आफ्नो भाषा, साहित्य, कला तथा संस्कृतिको जगेर्ना र संरक्षणमा ध्यान पुर्‍याउँदै युवापुस्तामा हस्तान्तर गर्नुपर्ने दायित्वलाई नभुल्न पनि उनले आग्रह गरिन्। राष्ट्रपति भण्डारीले विश्वमा प्राकृतिक सम्पदाको दिगो उपयोग हुन नसक्दा जलवायु परिवर्तन भई वातावरण विनास तापमान वृद्धिसँगै जैविक विविधता र मानवजातिको अस्तित्व नै सङ्कटमा परेको परिप्रेक्षणमा संसारभर छरिएर रहेका गैरआवासीय नेपालीले आ–आफ्नो स्थानबाट स्वच्छ वातावरण प्रवद्र्धनका निम्ति प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन्। राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन बनाउन सङ्घले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन्। 

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका निम्ति सरकारले आयोजना गरेको लगानी सम्मेलन, नेपाल भ्रमण वर्ष अभियानलगायतलाई सफल बनाउन गैरआवासीय नैपालीमो भूमिका महत्वपूर्ण हुने भन्दै यसलाई अगामी दिन थप प्रभावकारी बनाउन आग्रह गरे। 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले आफू एनआरएनसँग सहकार्य गरेर मुलुकको आर्थिक विकासमा सरकारलाई सहयोग गर्ने बताइन्। सङ्घका पूर्वअध्यक्ष शेष घलेले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई सार्थक बनाउन सङ्घले सक्रिय भूमिका निभाउने बताइन्।

कार्यक्रममा सङ्घका अध्यक्ष भवन भट्टले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आफूले लाग्ने बताए। उनले पूर्वाधार, ऊर्जा, पर्यटनमा लगानी गर्ने बताए। 

सम्मेलनमा ८१ मुलुकका दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । ‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका तीन दिनसम्म सम्मेलन सञ्चालन हुनेछ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यले उम्मेदवार घोषणा गरेका छन् । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x