×

NMB BANK
NIC ASIA

जर्मनीको एक प्रयोगशालामा जनावरहरूमाथि चरम दुर्व्यवहार (भिडियो)

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बाँदरहरूलाई धातुको सिक्रीले बाँधिएको छ अनि बिरालो र कुुकुरहरूलाई रगत चुहाएर राखिएको छ । 

Muktinath Bank

यो भयावह दृश्य एकजना पशु अधिकार अभियन्ताले जर्मनीको विषपरीक्षण प्रयोगशालामा गोप्य रूपमा खिचेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जर्मनीको पशु अधिकारवादी संगठन सोको टीएरशुजले क्रुएल्टी फ्री इन्टरनेसनलसँग मिलेर उक्त दुर्व्यवहारको पर्दाफास गरेको हो । जर्मनीको ह्याम्बर्गको बाहिरपट्टि रहेको एलपीटी ल्याबोरेटोरी अफ फार्माकोलोजी यान्ड टक्सिकोलोजोमा यो कुकृत्य गरिएको पाइएको हो । 


Advertisment
Nabil box
Kumari

तस्वीरहरूमा बाँदरलाई पर्खालमा सिक्रीले बाँधिएको, कसैको टाउको बाँधिएको अनि केही भाग्न खोजेको र एक कुकुर साँघुरो कक्षमा बेस्सरी रगत चुहाइरहेको देखिन्छ । 

Vianet communication
Laxmi Bank

गोप्य अभियन्ताले सन् २०१८ को डिसेम्बर महिनादेखि सन् २०१९ को मार्च महिनासम्म उक्त अनुसन्धान स्थलमा जागिर खाएको र कुकुर, बाँदर, बिरालो र खरायोमाथि परीक्षण गरेको आफ्नै आँखाले देखेको बताए । उक्त परीक्षण विश्वभरिका कम्पनीका लागि गरिएको थियो । 

जनावरहरूलाई भयानक परिस्थितिमा राखिएको उनले बताए । 

कुकुरहरूको घोक्रोमा जबर्जस्ती पाइप पसाइएको थियो अनि क्याप्सुल खान दिइएको थियो । परीक्षणपछि उनीहरू पीडामा रहेको रगत चुहाएको देखिन्थ्यो । 

जनावरहरूलाई कामदारहरूले हिंसा गरेको उनले दाबी गरे । 

बिरालोहरूलाई तालिम नपाएकाहरूले दिनदिनै १३ वटा सुई दिने गरेको र पीडामा छटपटाउन बाध्य बनाएको बताइएको छ । 

पशु अधिकार अभियन्ताहरूले यसको जानकारी प्रहरीलाई दिएका छन् र प्रहरीले यसको अनुसन्धान गरिरहेको छ । 

जर्मनीमा पशुहरूमाथि परीक्षण गर्न नपाइने कडा कानून नभएको बताउँदै थप कडा कानून बनाउन उनीहरूले आग्रह गरेका छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x