×

NMB BANK
NIC ASIA

हिजो दिनभर–सांसद साह पक्राउ, प्रहरी हिरासतमा रहेका महरा र आलमको म्याद थप

असोज २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय टोलीका कप्तान पारसले दिए राजीनामा 

Sagarmatha Cement
Muktinath Bank

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट मंगलबार राजीनामा दिएका छन् ।  
     
नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको बताए ।
    
आइसिसीले विस २०७३ वैशाखमा लगाएको निलम्वन हिजो मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको दोस्रो दिन नै पारसले कप्तानी पदबाट राजीनामा दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति


Advertisment
Nabil box
Kumari

    काठमाडाँै जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश दीपककुमार दाहालको इजालसले यही असोज १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

    उनका अनुसार निवर्तमान सभामुख महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । संसद् सचिवालयका एक महिला कर्मचारीलाई दुव्र्यवहार गरेको अभियोगमा यही असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ । 

काङ्ग्रेस नेता आलमको म्याद सात दिन थप
 
    रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो । 

    विसं २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत पु¥याइएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताए । 

    अदालत परिसरबाट बाहिरिँदै गर्दा आलमले घटनाको ‘दूधको दूध र पानीको पानी’ चाँडै छुट्टिने प्रतिक्रिया दिए । 
    
सांसद साह पक्राउ 

    जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा)का नेता तथा सांसद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जान लागेका बेला साहलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।उनका अनुसार पक्राउ लगत्तै शाहलाई मंगलबारै जनकपुर पठाइएको छ । 

    जहाज उडाउन ढिलाइ गरेको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । साह सर्लाही क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुन्। राजपाले भने पक्राउको विरोध गरेको छ ।

    यसैबीच सांसद साहको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीले सदरमुकाम मलङ्गवामा विरोध प्रदर्शन गरेका छन् । राजपा पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि पुगी नाराबाजीसमेत गरेका थिए । 

सी भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट

    नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणको सुरक्षा व्यवस्थापन उत्कृष्ट भएको बताएका छन् । 

    प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक कार्कीले भने, “प्रधानमन्त्री, गृहमन्त्री एवं चीन सरकारले समेत नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरिएको छ, यसको हकदार सङ्गठन प्रमुखदेखि सबै दर्जाका प्रहरी कर्मचारी हुन् ।” सुरक्षामा सफल व्यवस्थापनको प्राप्त अनुभवबाट आगामी दिनमा अझै उत्कृष्ट तरिकाले अगाडि बढ्न हौसला मिलेको उनले बताए । 

उम्मेदवारी शुल्क दश लाख

    गैरआवासीय नेपाली सङ्घको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ । सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए । 

    गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क रु सात लाख ५० हजार रहेको थियो । गत महाधिवेशनभन्दा यसवर्ष रु दुई लाख ५० हजार बढाएर रु १० लाख पु¥याइएको हो ।  अध्यक्षको दर्ता शुल्क रु १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को रु एक लाख तोकिएको छ । उहाँले सङ्घको भवन बनाउन र गोरखाको लाप्राक नमूना बस्ती बनाउन पैसा आवश्यक भएकाले उम्मेदवारको शुल्क बढाइएको बताए । 

    निर्वाचन प्रमुख आयुक्त रिजालका अनुसार उपाध्यक्षको रु सात लाख, महासचिवको रु छ लाख, सचिव र कोषाध्यक्षको रु पाँच लाख, सहकोषाध्यक्षको रु चार लाख, महिला तथा युवा संयोजकको रु तीन लाख ५० हजार, क्षेत्रीय संयोजकको रु तीन लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको रु दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको रु दुई लाख ५० हजार र आईसीसी सदस्यहरूको रु एक लाख उम्मेदवार दर्ता शुल्क तोकिएको छ । 

    सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाडौँमा शुरु भएको छ । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । 

    नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ । कूल ४२ पदका लागि विद्युतीय यन्त्रबाट मतदान हुनेछ ।

    निर्वाचनका लागि मंगलबार राति ९ बजेदेखि भोलि बिहान १०ः३० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ । उहाँले निर्वाचनमा करीब २ हजार ४०० मतदाता सहभागी हुनेछन् ।  
राष्ट्रपति भण्डारी बुधबारदेखि म्यान्मा भ्रमणमा
    
राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन्   । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

राजदूतद्वय दाहाल र शेर्पाबाट शपथ 

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्टे«लिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले मंगलबार आआफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थित थिए । 
 यसअघि नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई स्पेन र दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् । 

मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु

नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । 

पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण उपत्यकासहित मुलुकभर चिसो बढ्ने गरेको महाशाखाले जनाएको छ । यस वर्ष मनसुन औसतभन्दा १० दिन ढिलो भित्री औसतभन्दा १९ दिन ढिलो बाहिरिएको थियो । सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ अर्थात् असोज ६ गते नै मनसुन बाहिरिने औसत समय हो । मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्नै मौसमविद्को भनाइ रहेको छ । 

 नेकपाको चियापन बुधबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार (असोज २९ गते) शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको नेकपाले जनाएको छ ।

पार्टीका महासचिव विष्णु पौडेलले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको उल्लेख छ ।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषता अनि लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबूत बनाउने पनि विज्ञप्तिमा जनाइएको छ ।

चीनका राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि
 
    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गरेको जनाएको छ । विभागले मंगलबार गरेको समीक्षामा राष्ट्रपति सीको भ्रमण फलदायी भएको र यसले दीर्घकालीन महत्व राख्ने तथा नेपालको विकासमा कोशेढुङ्गा सावित हुने निष्कर्ष निकालिएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

    विभागका प्रमुख पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वका शक्तिशालीमध्येको एक मुलुकका राष्ट्र प्रमुखको भ्रमण गराउन सक्ने क्षमता नेपालमा रहेको भरपूररूपमा देखाएको ठहर गर्दै विभागले यस भ्रमणले देशमा लगानीको वातावरण, छिमेकी र अन्तर्राष्ट्रिय चासो बढाउनाका साथै नेपाल पर्यटन वर्ष २०२० लाई पनि योगदान दिएको बैठकमा बताए ।  भ्रमणका क्रममा भएका दुईपक्षीय र महत्वपूर्ण सम्झौताहरूको कार्यान्वयनका लागि सरकारको सम्बन्धित निकायले तदारुकता देखाउनुपर्नेमा पनि उनले जोड दिए । 

    समीक्षामा उपप्रमुखद्वय राम कार्की र रिजालका साथै डा युवराज सङ्ग्रौला, मिलन तुलाधर, डा रूपक सापकोटा र मात्रिका पौड्याललगायत सहभागी थिए । 

नेपाल प्रहरीमा दरबन्दी थपियो

    नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेसँगै पदपूर्ति कार्यान्वयनको चरणमा गएको छ ।

    नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दरबन्दी थपिएको जानकारी दिँदै बढुवा तथा नयाँ भर्ना प्रक्रियाद्वारा पदपूर्ति गरिने बताए ।  नयाँ पदपूर्तिपछि स्थानीय तहको केन्द्रमा रहने गरी १८६ नयाँ प्रहरी एकाइ थपिने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरी एकाइ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल नेपाल प्रहरीमा ७५ हजार ९२७ दरबन्दी रहेको छ । 

    थपिएको दरबन्दीमा प्राविधिकसहित तीन प्रहरी वरिष्ठ उपरीक्षक, तीन प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ४७ प्रहरी निरीक्षक, ८६ प्रहरी नायब निरीक्षक, २९७ प्रहरी सहायक निरीक्षक, ६८३ प्रहरी हवल्दार, दुई हजार २१६ प्रहरी जवानलगायत छ । यसमा प्राविधिकतर्फ १२९ दरबन्दी थपिएको हो । प्रहरीका अनुसार सरकारी निर्णयअनुसार थपिएको दरबन्दी पदपूर्तिका लागि प्रक्रिया शुरु भइसकेको जनाइएको छ ।

भोटेकोशीबाट असोजभित्रै विद्युत् उत्पादन हुने

जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । पहिरोबाट विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महीना विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको ४५ मेगावाटको यस आयोजनाको पुनःनिर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोले पाएको थियो । 

    आयोजनाले अहिले करीब ८५ प्रतिशत काम सम्पन्न गरेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न स्थापितले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x