×

NMB BANK
NIC ASIA

ओलीसँगको संवादमा चिनियाँ राष्ट्रपति शीको भनाइ, जसले विश्वभर हेडलाइन्स बनायो

असोज २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ‘चीनको कुनै पनि हिस्सालाई टुक्र्याउने कोसिस गर्ने जो–कोहीलाई पनि धुलोपिठो बनाइनेछ । त्यस्तो प्रयास गर्न उक्साउने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्नेछन् ।’ 

Muktinath Bank

अंग्रेजीबाट हुबहु अनुवाद गर्दा अर्थ झन् भयानक छ । उनले चीनलाई विभाजित गर्न खोज्ने जोसुकैको शरीर चटनी र हड्डी धुलो बनाउने चेतावनी दिएका छन् । चीनको सरकारी टेलिभिजन सिजिटिएनले उनको भनाइ अंग्रेजीमा यस्तो राखेको छ,“Anyone attempting to split China in any part of the country will end in crushed bodies and shattered bones. And any external forces backing such attempts dividing China will be deemed by the Chinese people as pipe-dreaming!”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ राष्ट्रपति शी चिनफिङले प्रधानमन्त्री केपी ओलीसँगको वार्तामा व्यक्त गरेको विचार संसारभर छरिएको छ । भ्रमणको दोस्रो दिन आइतबार चिनियाँ राष्ट्रपति शी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो । तिब्बत, ताइवान, हङकङ र सिनज्यान विषयमा अन्तर्राष्ट्रिय क्षेत्रको चासोबारे शीले ओलीसँग चर्चा गरेका थिए । तर, त्यस्तो चासो चीनका लागि असह्य हुने उनको भनाइ थियो । ओलीसँग भेटमा शीको भनाइ थियो, ‘चीनको कुनै पनि हिस्सालाई टुक्र्याउने कोसिस गर्ने जो–कोहीलाई पनि धुलोपिठो बनाइनेछ । त्यस्तो प्रयास गर्न उक्साउने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्नेछन् ।’  


Advertisment
Nabil box
Kumari

यो चेतावनी शीले ओलीलाई होइन, दुनियाँलाई सुनाउन खोजेका थिए । त्यसैले ओलीसँग शीले व्यक्त गरेको विचार भन्दै यो भनाइ पहिलोपटक चीनको सरकारी टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)ले सार्वजनिक गरेको थियो । लगत्तै, यो समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको मुख्य हेडलाइन बनेको छ । यसबारेमा समाचार प्रकाशित गर्ने सबैजसो अन्तर्राष्ट्रिय मिडियाले मुख्यतः हङकङका प्रदर्शनकारी र त्यसलाई सघाउने अन्तर्राष्ट्रिय शक्तिलाई लक्षित गरेर शीको यो चेतावनी आएको टिप्पणी गरेका छन् । तिब्बत, ताइवान र सिनज्यान पनि यही प्रसंगमा जोडिएको छ । 

Vianet communication
Laxmi Bank

सिएनएनले शीको चेतावनीको खबर लेख्दै सोही दिन हङकङको प्रदर्शन १९औँ सातामा प्रवेश गरेको उल्लेख गरेको छ । ‘शीले आफ्नो टिप्पणीमा स्पष्ट रूपमा हङकङको नाम त लिएनन्, तर प्रयोग गरेको ‘टुक्र्याउने’ र ‘विदेशी शक्ति’ पदावलीले हङकङको प्रदर्शनलाई जनाउँछ । हङकङ प्रसंगमा बेइजिङले विगतमा पनि यस्ता शब्दावली प्रयोग गरेको थियो ।’

बिबिशीले लेखेको छ, ‘शीले हालसम्म हङकङकमा जारी प्रदर्शनबारे शीधै टिप्पणी गरेका छैनन् । त्यसैले उनकोे यो टिप्पणीलाई असाधारण र कठोर चेतावनीका रूपमा हेरिनेछ ।’

अल जजिराले शीको भनाइको पृष्ठभूमिसहितको विवरण प्रस्तुत गरेको छ, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङमा जारी प्रदर्शनमा केही नराम्रै भएमा चीनसँगको व्यापार वार्ता जारी राख्न गाह्रो हुने बताएका छन् । व्यापार युद्ध अन्त्य गर्ने विषयमा शनिबार ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच अमेरिकामा वार्ता भएको थियो । तर, वार्तामा ट्रम्पले हङकङ मुद्दा उठाएका थिए । त्यसैले बाह्य शक्ति भनेर शीले अमेरिकालाई लक्षित गरेका हुन सक्छन् । किनकि अमेरिकी राष्ट्रपति र चिनिया“ उपप्रधानमन्त्रीबीच अमेरिकामा वार्ता भएको अर्को दिन शीले काठमाडौंमा यस्तो चेतावनी दिएका छन् ।’

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले हङकङ प्रदर्शनमा अमेरिकी संसद्को सक्रियतालाई पनि समाचारमा जोडेको छ । सो दैनिक लेख्छ, ‘यही साता अमेरिकी संसद्मा हङकङ मानवअधिकार तथा प्रजातन्त्रसम्बन्धी विधेयकमा मतदान हुँदै छ । सो विधेयक पास भएमा हङकङमा भएको प्रदर्शनमाथि दमन गर्ने अधिकारीमाथि अमेरिकामा प्रतिबन्ध लगाउन बाटो खुल्नेछ । सोमबार हङकङमा एक लाखभन्दा बढी प्रदर्शनकारीले सो विधेयक पास गराउन अमेरिकालाई अनुरोध गर्दै र्‍याली निकाले । चीनले भने यस विधेयकलाई आफ्नो देशको सार्वभौमिकतामाथि प्रहार भनेको छ ।’

समाचार एजेन्शी रोयटर्सले ‘उत्तर–पश्चिम चीनका मुस्लिम समुदाय उयिगुरप्रति चीनले गरेको दमनप्रति अमेरिकाले विभिन्न समय चीनको ध्यानाकर्षण गराइरहेको छ । शीको भनाइ त्यता पनि लक्षित हुन सक्छ ।’

बिबिशी हिन्दीले नेपालमा गतिविधि गर्ने तिब्बती अभियानकर्तामाथि पनि शीको भनाइ लक्षित हुन सक्ने बताएको छ । उसले लेखेको छ, ‘चिनिया“ राष्ट्रपतिको कडा चेतावनीलाई कैयौँ सन्दर्भमा हेरिँदै छ । स्वतन्त्र तिब्बतको पक्षमा नेपालमा सक्रिय केही तिब्बती अभियन्ता शीको भ्रमणकै वेला पनि विरोधको प्रयासमा थिए । शीको भनाइलाई योसँग पनि जोडेर हेर्न सकिन्छ ।’ 

किन भइरहेछ हङकङमा प्रदर्शन ?
हङकङमा अपराध गरेको अभियोग लागेकालाई मूलभूमि चीन सुपुर्द गर्न सकिने कानुन प्रस्ताव भएपछि प्रदर्शन सुरु भएको हो । तर, यो विधेयकमाथि हङकङको विधायिकामा छलफल भएन, बरु विधेयक नै फिर्ता भयो, तर प्रदर्शन साम्य भएको छैन । प्रदर्शन १९औँ साता प्रवेश गरिसक्दा पनि प्रदर्शनकारीको संख्या घटेको छैन । 

प्रदर्शनकारी अहिले हङकङमा पूर्ण प्रजातन्त्रको बहाली हुनुपर्ने माग राखिरहेका छन् । यसअन्तर्गत हङकङको प्रमुखको चयन आमनिर्वाचनबाट हुनुपर्ने उनीहरूको माग छ । अझ प्रदर्शनकारीको एक हिस्साले हङकङलाई स्वतन्त्र बनाउनुपर्ने माग राख्न थालेको छ । त्यस्तै अर्को सानो समूहले त हङकङलाई पूर्वऔपनिवेशिक शक्ति बेलायत मातहत फर्काउनुपर्ने मागसमेत राखेको छ ।

यसले बेइजिङलाई झस्काएको छ । सन् १९९७ मा पूर्वऔपनिवशिक शक्ति बेलायतबाट फिर्ता भएको हङकङ ‘एक देश, दुई प्रणाली’अन्तर्गत चिनियाँ सार्वभौमिकताभित्र पर्छ । हस्तान्तरणको समयमा गरिएको सम्झौताअनुरूप चीनले सन् २०४७ सम्म हङकङमा पूर्ण स्वशासनको अधिकार प्रदान गर्नेछ । यो अधिकार हङकङको संविधान मानिने ‘बेसिक ल’ले नै प्रत्याभूत गरेको छ । प्रदर्शनकारीको मुख्य माग पूरा भइसक्दा पनि प्रदर्शन जारी रहनु र ‘बेसिक ल’ले प्रत्याभूत गरेको व्यवस्थाभन्दा अघि गएर थप प्रजातन्त्र र स्वतन्त्रताको समेत माग हुनुमा बेइजिङले विदेशी शक्तिको भूमिका देखेको छ । बेइजिङका महत्वपूर्ण ओहदामा रहेका विभिन्न अधिकारीले यस विषयमा पटक–पटक खुलेरै असन्तुष्टि पनि व्यक्त गरिरहेका छन् । खासगरी अमेरिका र बेलायतको भूमिकाप्रति चीन सशंकित र असन्तुष्ट छ ।

तिब्बत, ताइवान र हङकङबारे काठमाडौंमा शीको खरो प्रस्तुति

काठमाडौंमा भएका भेटघाटमा चिनियाँ राष्ट्रपति शी चिनफिङले एक चीननीतिको विषयमा आफ्नो खरो नीति प्रस्तुत गरेका थिए । सत्तारुढ नेकपाको नेतृत्वपंक्तिसँग भएको भेटमा उनले तिब्बत, ताइवान, हङकङको विषयमा जोड दिएर आफ्नो धारणा राखेका थिए । 

नेकपा सचिवालयका एक सदस्यका अनुसार शीको भनाइ यस्तो थियो :

तिब्बतः तिब्बत हाम्रो आन्तरिक मामिला हो । हाम्रो देशको रक्षा कसरी गर्ने भन्नेमा हामी आफैँ स्पष्ट छौँ । हो, तिब्बतलाई लिएर पश्चिमा शक्तिहरूले विभिन्न ढंगले विषय उठाएका छन् । मानवअधिकारको बहानामा हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयास हामी सहन्नौँ । 

ताइवानः चिनियाँ क्रान्ति उत्कर्षमा पुग्दा हाम्रो धनमाल बोकेर केही भगौडा ताइवान पुगेका थिए, तर त्यसअघि र त्यसपछि पनि ताइवान चीनको अभिन्न अंग हो । संवाद वा बल जे आवश्यक पर्छ, त्यो प्रयोग गरेर हामी ताइवानलाई चीनसँग जोड्छौँ । 

हङकङ : हङकङमा भएको आन्दोलन पानीको फोका हो । पश्चिमाहरूको उक्साहटमा यो सब भइरहेको छ । चीनलाई अस्थिर बनाउन पश्चिमाहरू आफ्नो ढंगबाट कोसिस गरिराखेका छन् । तर, हाम्रो आफ्नै नीति, आफ्नै मार्ग र आफ्नै सिद्धान्त छ, त्यसमा हामी दृढ छौँ । कुनै पनि हस्तक्षेप हामी सहन्नौँ, उचित जवाफ दिन तयार छौँ । 

तर, भेटमा सहभागी पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफ्नो सार्वभौमिकता र अखण्डताको विषयमा चीनले राख्दै आएको धारणा नै शीले आफूहरूसँग पनि राखेको बताउँछन् । ‘हङकङको प्रदर्शन होस् वा ताइवान र तिब्बत, ती सबै चीनका आन्तरिक मामिला हुन्, त्यसको सामना आफ्नै सिद्धान्तका आधारमा गर्छौँ भन्ने उहाँको भनाइ थियो,’ खनालले नयाँ पत्रिकासँग भने । 

शीले दुनियाँलाई चेतावनी दिन नेपालकै मञ्च किन प्रयोग गरे, उनको चेतावनी कसलाई हो ?

‘तिब्बतलाई लिएर यहाँ अलि बढी गतिविधि होला कि भन्ने शंका हो’ : विश्लेषक प्रा.डा. लोकराज बराल 

तिब्बतलाई लिएर यहाँ अलि बढी गतिविधि होला कि भन्ने शंका हो उनको । ‘एक चीन नीति’ विरुद्ध कुनै घटना हुन दिन्नौँ भनेर नेपालले भने पनि चीनलाई कता–कता आशंका छ । यो भनाइलाई हङकङ सन्दर्भमा पनि जोड्न सकिन्छ ।

‘शीको भनाइ हङकङको सन्दर्भमा हो, अमेरिकालाई लक्षित हो’ : परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ
आन्दोलनको माग पूरा भइसक्दा पनि हङकङको प्रदर्शन नरोकिएको र त्यसमा अमेरिकी पनि प्रवेश गरेको शंका रहेपछि चीनले चेतावनी दिएको हो । शीले कहीँ न कहीँ बोल्नुपर्ने थियो, नेपालमा बाटो परेका वेला उनी बोलेर गए, यो संयोग मात्र हो ।

‘शीको भनाइलाई मुख्यतः तिब्बत र हङकङसँग जोड्नुपर्छ’ : पूर्वराजदूत सुरेशचन्द्र चालिसे
यो भनाइलाई मुख्यतः तिब्बत र हङकङसँग जोड्नुपर्छ । वेलाबखतमा ‘फ्रि तिब्बत’ समूहले प्रदर्शन गर्छन्, त्यस्ता तत्वलाई हामी सहँदैनौँ भन्ने सन्देश हो यो । अप्रत्यक्ष रूपमा भारतमा पनि प्रो–टिबेटियन मुभमेन्ट भइरहन्छ, त्यसलाई पनि चेतावनी हो । 

‘चीन अहिले जागेको बाघ हो, सबैलाई दबाबमा राख्न खाजेको छ’ : पूर्वराजदूत टंक कार्की
चीन अहिले जागेको बाघका रूपमा प्रस्तुत भयो । त्यो सजिलै बुझ्न सकिन्छ । उसले अहिले सबैलाई दबाबमा राख्न खोजेको हो । नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x