कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
चितवन – रातको समयमा यहाँको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सहयोगापेक्षी खोज्दै नारायणगढको सडक क्षेत्रमा पुग्ने गरेकी छन् ।
दिनभरका कार्यक्रम र सेवाग्राहीको चापका कारण थकित हुने भए पनि महानगर क्षेत्रलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउनका लागि उहाँ आँफै सडकमा निस्कन शुरू गरेकी हुन् ।
विगत दुई दिनदेखि साँझ अबेरबाट स्थानीय प्रशासन, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधि, समाज सेवीहरुको अगुवाई गर्दै दाहाल सहयोगापेक्षी खोज्दै सडकमा जाने गरेकी छन् । दाहालले भनिन्, 'अब हामी यसलाई निरन्तरता दिन्छौ ।' आउँदो कात्तिक ९ गते भरतपुर महानगरलाई सहयोगापेक्षी सडक मानव मुक्त भरतपुर महानगर घोषणा गर्ने उहाँको संकल्प छ । दाहालले भन्नुभयो, “सहयोगापेक्षी सडक मानवमुक्त पहिलो महानगर बनाउन हामी लागि परेका छौँ ।'
दुई रातको सडक अनुगमनपछि उहाँले तीन थरी मानिस सडकमा भेटिने गरेको बताए। दाहालका अनुसार दुःख पाएका बेशाहारा पहिलो थरी, मानसिक सन्तुलन गुमाएका दोस्रो थरी र नशालु पदार्थ सेवन गरेका तेस्रो थरी मानिस सडकमा हुँदा रहेछन् । तीमध्ये पहिलो चरणमा वेशाहारालाई मुक्त गराउन आफूहरु लागि परेको उनको भनाइ छ ।
दोस्रो र तेस्रो तहकालाई पनि सडकमा आउने वातावरण अन्त्य गर्ने दाहालको संकल्प छ । साँझ झण्डै आठ बजेबाट दाहालसहितको टोली नारायणगढका मुख्य शहरहरुमा पुग्ने गरेको छ ।
सहयोगापेक्षी सडक मानव रहित महानगर घोषणा गर्नका लागि अहिले आन्तरिक तयारी भइरहेको छ । महानगरपालिका भित्रको सडक पेटी र सार्वजनिक स्थानहरुमा नियमित रुपमा सहयोगापेक्षी बेसहारा सडक मानवको रात्रीकालीन अवस्था अध्ययन र उद्धार भइरहेको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।
सोमबारबाट शुरु भएको बजार अनुगमनमा सहयोग पुर्याउन प्रदेशसभा सदस्य विजय सुवेदी पनि सहभागी हुने गरेका छन् ।
सोमबार पहिलो दिन ४० जनालाई उद्धार गरिएको थियो । तीमध्ये दुई जना मात्र वास्तविक भरतपुरलाई सहयोगापेक्षी बेसहारा सडक मानव रहेका थिए । उनीहरुलाई आश्रमले नै सेवा दिने र बाँकी ३८ जनालाई घर पठाइएको छ ।
यस्तै दोस्रो दिन गए राती २४ जनालाई उद्धार गरिए पनि उनीहरु कोही पनि सहयोगापेक्षी बेसहारा नरहेको अध्यक्ष अधिकारीले बताए। घोषणा अघि र घोषणापछि पनि यसरी नै नियमित रुपमा अवस्था अध्ययन र उद्धार गरिने अधिकारीको भनाइ छ ।
विसं २०६९ भदौ १३ गते मकवानपुरवाट मानवसेवा आश्रमले काम थालेको हो । संस्थापक अध्यक्ष अधिकारीका अनुसार हालसम्म सात प्रदेशका १४ जिल्लाका १६ केन्द्रमार्फत सेवा दिइँदै आएको छ । ती केन्द्रहरुमा ८०० जनाले संरक्षकत्व पाइरहेका छन् । चितवन जिल्लामा चार वर्षमा ५०० जनाभन्दा बढीलाई उद्धार गरिएको अधिकारीको भनाइ छ ।
मानवसेवा आश्रमको सहयोगमा यसअघि गोर्खा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, वुटवलको सिद्धबाबा धाम क्षेत्र र काठमाडौंको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडकमानव मुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तह र सरोकारवाला सङ्घ संस्थाको अगुवाइमा ती क्षेत्रहरुलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाइएको हो ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...