कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौं –चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका लागि काठमाडौं महानगरपालिकाले ‘तीनकुने शान्तिमण्डल’ किनाराको भागमा केही काम गरेपनि पूरा काम कहिले हुने भन्ने विषय अझै अन्यौलमै रहेको छ ।
विगत पाँच वर्षअघि नै कामपाले निर्माणको कार्य अघि बढाउने योजनाअघि सारेपनि अहिलेसम्म कत्ति पनि काम अघि बढ्न सकेको छ्रैन । यही असोज २५ र २६ गते राष्ट्रपति सीको नेपाल भ्रमणका लागि तत्कालको लागि सुन्दर देखाउन केही काम भएको थियो ।
कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार हाल गरिएको सौन्दर्यको कार्यलाई यथावत राख्दै बाँकी काम अघि बढाइने छ । डङ्गोलले भने,'सङ्घीय सरकारले स्थानीयवासीलाई मुआब्जा दिनुपर्छ, मुआब्जाको विवाद हटेसँगै कामपाले निर्माणको कार्य अघि बढाउँछ ।' निर्माणको लागि कामपाले वार्षिक रुपमा बजेट पनि छुट्याउँदै आएको छ ।
पाँच वर्ष पहिले नै कामपाले नक्साङ्कनको काम सम्पन्न गरी मण्डल निर्माण गर्ने भनेको थियो । तीनकुनेमा रहेको ५० रोपनी जग्गामा उक्त मण्डल निर्माण गर्ने तयारी कामपाको भए पनि स्थानीयवासीलाई दिइँदै आएकोे मुआब्जा विवादले गर्दा काम अघि बढ्न नसकेको हो ।
अत्याधुनिक ‘तीनकुने शान्तिमण्डल’का लागि यसअघि दिइएको मुआब्जा आफूहरुलाई अपुग छ भन्दै स्थानीयवासीले अडान लिँदै आएका छन् । पच्चीस घरधनीले अहिलेसम्म मुआब्जा लिएका छैनन् । उनीहरुले पहिलेको मुआब्जा पुनः मूल्याङ्कन गर्नुपर्ने समेत माग गरेका छन । कामपाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ गौतमबुद्धको विशाल मूर्तिसहितको मण्डल निर्माण गर्न लागेको हो ।
पहिले नै कामपाले बोलपत्रको आह्वान गर्ने तयारीसमेत गरिसकेको थियो । प्रदेशसभा सदस्य पहिलो पटक केशव स्थापित कामपा प्रमुख भएका बेला उहाँले ‘काठमाडौँका निर्माता’ मञ्जुश्रीको शालिक राख्ने अडान लिनुभएको थियो । योजनानुरुप सो शान्तिमण्डलको बीच भागमा बुद्धको विशाल मूर्ति हुनेछ । मण्डल हिन्दू र बौद्ध धर्मलाई समायोजन गरी तयार गर्ने बताइएको छ । मण्डलको प्रत्येक कुनामा हिन्दू धर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति पनि राखिने छ ।
मूर्तिको वरिपरि रूख–बिरुवा रोपिने बताइएको छ । संरचनाको तीनवटै कोणमा चौबीसै घण्टा पानी आउने फोहरा निर्माणको योजना छ । हरेक वर्ष बजेट छुट्याउँदै आएको कामपाले चालू आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन पनि गरेको छ ।
मुआब्जाका विषयमा कुरा मिलेको खण्डमा आवश्यकताअनुरुप बजेट थप्न सकिने पनि कामपाले जनाएको छ । राष्ट्रपति सीको भ्रमणको समयका लागि भन्दै कामपाले पहाडको डिस्को जस्तो बनाई चारैतिर विभिन्न किसिमका सजावटका बिरुवा र फूल रोपी सजावटको काम गरेको छ । गत वर्ष भदौमा भएको विमस्टेक सम्मेलनमा पनि यस स्थानको बाहिरी भागलाई सुन्दर बनाउने कार्य यसरी नै गरिएको थियो ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...