×

NMB BANK
NIC ASIA

नेकपाको चियापानमा कमल थापाले गरे शी चिनफिङको प्रशंसा

असोज २९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालका लागि बहुआयामिक महत्वको बन्न पुगेको टिप्पणी गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

अध्यक्ष थापाले दैवी प्रकोप, नाकाबन्दीलगायत समस्याबाट नेपाली जनताले कष्ट भोगिरहेको अवस्थामा चीनसँगको दीर्घकालीन आर्थिक विकासको नयाँ खाका खोल्ने सरकारको प्रयासकोे सराहना गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुने क्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले छिमेकी मुलुकसँगको रेल, तेल, बिजुली र पारबहनको सम्बन्ध भनेको नेपालको ‘पहिचानका लागि रणनीति’ भएको बताए ।


Advertisment
Nabil box
Kumari

नेपालका राजनीतिक दलहरुबीच विभिन्न किसिमका मतभेद भए पनि आत्मियता र सद्भाव कायम राखेर शुभकामना आदानप्रदान गर्ने संस्कृति परम्परादेखि चलिआएको उल्लेख गर्दै अध्यक्ष थापाले यस्तै किसिमको सद्भाव र एकता कायम राखी मुलुकको विकास, राष्ट्रियताको संरक्षण र समृद्धिका लागि मिलेर जानुुपर्ने आवश्यकता औंल्याए ।

Vianet communication
Laxmi Bank

अरू देशको तुलनामा नेपालका पार्टीहरु बीच जतिसुकै समस्या भए पनि शान्तिपूर्ण रुपमा समस्या समाधान गर्ने चरित्र नेपाली नेताहरुमा रहेकाले यो एकतालाई मुलुकको सर्वाङ्गिण हित र आवश्यकतामा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष थापाले विचार र मार्गचित्र हरेक दलको फरक हुने भए पनि मुलुकको मूलभूत विषयमा एकता र समझदारी भए देश र प्रजातन्त्र बलियो हुने तर्क गरे । दुई तिहाइ बहुमत रहेको सरकारले मुलुकको शान्ति, स्थायित्व र आर्थिक विकासमा ठूलो प्रगति हुन नसकेको जिकिर गर्दै थापाले सरकारले केही राम्रा काम गरेको भन्दै प्रशंसा पनि गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x