कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सुर्खेत । दशैँ तिहार बिदाका कारण सुर्खेतका पर्यटकीयस्थलमा चहलपहल बढेको छ । पढाई र रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेका भित्रिएसँगै यहाँका काँक्रेविहार, बुलबुले र घण्टाघरमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो । यस अवधिमा स्थलमार्ग हुँदै रारा घुम्न जानेका कारण सुर्खेतमा पर्यटकीय चहलपहल बढेको छ । स्थलमार्गबाट रारा पुग्नेले सुर्खेतलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाउने गर्दछन् ।
पुनःनिर्माणपछि काँक्रेविहार धेरैको आकर्षण बनेको छ । जङ्गल क्षेत्रमा छरिएर रहेका कलात्मक विशाल ढुङ्गाका मूर्तिलाई जोडेर पुरातत्व विभागले पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न गरेको हो । काठमाडौँ किस्ट कलेजमा प्राध्यापन गर्नुहुने सूर्य बस्नेतले काँक्रेविहारमा अद्भूत कला देख्न पाइने बताउनुभयो । “इतिहासका विद्यार्थीका लागि यो एउटा सन्दर्भ सामग्री नै बन्न सक्छ”, उहाँले भन्नुभयो, “ढुङ्गैढुङ्गाको विशाल मन्दिरमा कलात्मक मूर्ति बनाइएको छ, यस्तो सम्पदा अन्यत्र देख्न सकिँदैन् ।” उहाँले यसपटक परिवारसहित काँक्रेविहारका साथै घण्टाघर र बुलबुले उद्यानको पनि अवलोकन गरेको बताउनुभयो ।
नेपाली सेनामा इटहरीमा कार्यरत बराहताल गाउँपालिका–६ का चन्द्रबहादुर गरञ्जाले यसपटक काँक्रेविहार अवलोकन गर्नुभयो । “पुनःनिर्माण भएपछि पहिलोपटक हेर्ने अवसर मिल्यो, आजभोलि भीडभाड हँुदोरहेछ”, उहाँले भन्नुभयो । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी शहर हो । माथिल्लो कर्णालीका जिल्लामा पुग्नलाई वीरेन्द्रनगर प्रवेश गर्नैपर्छ । त्यसैले, यहाँका पर्यटकीय स्थलमा घुमफिर, अवलोकन गर्नेको सङ्ख्या बढ्दो देखिएको छ ।
सुर्खेतबाट दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुका साथै सुदूरपश्चिका अछाम, बाजुरा जाने यात्रुसमेत वीरेन्द्रनगर भएर जाने गर्दछन् । होटल व्यवसायी तर्कबहादुर शाहीले पर्यटकको रोजाइमा काँक्रेविहार, घण्टाघर र बुलबुले रहेको बताउनुभयो । “बजार क्षेत्रमै भएकाले पनि सहज भएको हो, समय कम भए पनि वीरेन्द्रनगरको मुख्य बजारक्षेत्रबाट यी तीनवटै स्थानमा पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “चाडपर्वका बेला चहलपहल बढी नै हुन्छ ।”
काँक्रेविहारको पुनःनिर्माणसँगै बुलबुले उद्यान र घण्टाघर क्षेत्रलाई थप व्यवस्थित गरिएको छ । बुलबुलेमा बुद्ध मन्दिर, शौचालय, पार्क विस्तार गरिएको छ भने घण्टाघरमा रङ्गरोगन, चिल्डे«न पार्क निर्माण गरिएको छ । घण्टाघर र बुलबुले प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयको सहयोगमा मर्मत सुधार गरिएको हो ।
त्यस्तै काँक्रेविहारलाई पुरातत्व विभागले पुरानै शैलीमा पुनःनिर्माण गरेको हो । घण्टाघरबाट वीरेन्द्रनगर उपत्यकाको अवलोकन गर्न सकिन्छ । दशैँ मनाउन घर आएकादेखि रारा गन्तव्य बनाएकाको नजर पनि काँक्रेविहार, बुलबले र घण्टाघरमै तानिने गरेको छ । सुर्खेत आउनेहरु या सुर्खेत हुँदै कर्णालीको यात्रामा निस्किने बुलबुले ताल नहेरी शायदै फर्कन्नन् । यहाँ निरन्तर बुलबुल गरेर बगिरहने १० धारा छन् । पीपलको छहारीमा ओत लागेको सानोे ताल छ यसैलाई बुलबुले भनिन्छ । ताल निर्माण हुनुभन्दाअघि त्यहाँ ढुङ्गामुनिबाट बुलबुल गर्दै पानी निस्कने गर्दछ । त्यसैले, यसको नाम बुलबुले रहेको हो । सुर्खेतलाई देशभर चिनाउने यो चर्चित ताल हो । यहाँ विभिन्न जातजातिका बोटविरुवा र फूलहरु रोपिएको छ । जसले ताल वरपरको वातावरण मनमोहक बनाइदिएको छ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...