×

NMB BANK
NIC ASIA

युएईका नेपाली श्रमिकको पारिश्रमिक बढाउन मन्त्री बिष्टको पहल

असोज ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आप्रवासन क्षेत्र सुधारमा द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका लागि आह्वान गरेका छन् ।

Muktinath Bank

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी अबुधावी डायलगको पाँचौँ मन्त्रीस्तरीय बैठकअन्तर्गत ‘अन्तर क्षेत्रीय सहकार्य’ विषयको उच्चस्तरीय छलफलमा भाग लिँदै बिष्टले नेपालको एकल प्रयासबाट मात्रै आप्रवासन क्षेत्र सुधार हुन नसक्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले द्विपक्षीय तथा क्षेत्रीय प्रयासबाट नै आप्रवासी कामदारले महत्वपूर्ण लाभ हासिल गर्नेमा नेपाल विश्वस्त रहेको बताए । ‘मलाई विश्वास छ आजको छलफलले क्षेत्रीय परामर्श प्रक्रियाबीचको आपसी सहकार्यलाई अघि बढाउन सहयोग पुर्याउनेछ,’ मन्त्री विष्टले भने ।


Advertisment
Nabil box
Kumari

आप्रवासनको क्षेत्रमा देखिने गरी सुधार ल्याउन निरन्तर संवादको खाँचो रहेको बिष्टको भनाइ थियो । कोलम्बो प्रोसेस र अबुधावी डायलगजस्ता क्षेत्रीय परामर्श मञ्चका बैठकले सुरक्षित आप्रवासन तथा गतिलो सहकार्यका लागि मार्ग पहिल्याउनुका साथै आप्रवासन क्षेत्रलाई मर्यादित, व्यवस्थित बनाउने सन्दर्भमा राम्रा अभ्यासलाई सहजीकरण गरेको उनले बताए ।

Vianet communication
Laxmi Bank

नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ । प्रोसेस कामदार पठाउने एसियाली मुलुक सहभागी रहेको क्षेत्रीय परामर्श मञ्चका रुपमा रहेको छ, जसमा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड र भियतनाम सदस्य रहेका छन् ।

प्रोसेसले पनि आप्रवासनलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन छलफल गर्दै आएको छ । प्रोसेसमा विभिन्न पाँच विषयगत क्षेत्रमा केन्द्रित भएर आप्रवासनका क्षेत्रमा देखिएका परिवर्तनका बारेमा बहस हुँदै आएको छ । सीप तथा क्षमता अभिवृद्धि, विप्रेषणको व्यवस्थापन, कामदारको मर्यादित भर्ना, पूर्वप्रस्थान अभिमुखीकरण र श्रम बजारको विश्लेषणलगायत क्षेत्रमा सुधारको काम भइरहेको छ ।

क्षेत्रीय परामर्श मञ्च आफैँमा ज्ञान उत्पादनसँग जोडिएको उल्लेख गर्दै मन्त्री विष्टले कोलम्बो प्रोसेस र अबुधाबी डायलग दुवै आप्रवासन सुशासनसँग सम्बन्धित सान्दर्भिक विषयवस्तुमा आधारित अध्ययनमा केन्द्रित रहेको बताए ।

उनले नेपाल हाल कामदारको हक अधिकार रक्षार्थ कानूनी तथा नीतिगत सुधारमा केन्द्रित भएको जानकारी दिए । मन्त्री विष्टले कामदारको मर्यादित भर्ना प्रक्रिया, समयोचित व्यवहार र वैदेशिक रोजगारमा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने विषयलाई नेपालले प्रवद्र्धन गर्दै आएको बताए ।

पछिल्लो समय सरकारले आन्तरिक रोजगारी अभिवृद्धिका साथै वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र मर्यादित बताउन विभिन्न कदम चाल्दै आएको छ । नेपालले श्रम आप्रवासनका क्षेत्रका मूलभूत मान्यता र सिद्धान्तमा आएको परिवर्तनलाई आत्मसात् गरी समयानुकूल समझदारी गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

अबुधावी डायलगको अध्यक्षता गरेकामा युएई सरकारलाई बधाई दिँदै उहाँले अन्तर–क्षेत्रीय सहकार्यलाई थप बढोत्तरी दिन यूएईले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

बैठकमा सहभागी हुन तीन सदस्यीय नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै मन्त्री विष्ट मङ्गलबार युएई प्रस्थान गरेका थिए । सो क्रममा उनले युएईका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीसँग भेटवार्ता गरी त्यहाँ कार्यरत नेपालीको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्ने विषयका साथै नेपाली कामदारको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा छलफल गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x