×

NMB BANK
NIC ASIA

सागका लागि ह्याण्डबल खेलाडी छनोट

कात्तिक १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कास्की – नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)का लागि ह्याण्डबल खेलका महिला तथा पुरुष खेलाडी छनोट गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आगामी मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि बिहीवार महिला र पुरुषतर्फ १६/१६ खेलाडी छनोट गरिएको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छनोट भएका खेलाडीमा पुरुषतर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपकसिंह बोहोरा, सन्दीप कार्की, रणसिंह रावत, इन्द्रनारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिञ्जाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन् । 


Advertisment
Nabil box
Kumari

महिलातर्फ बविता श्रेष्ठ, अर्चना न्यौपाने, सङ्गिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आइतालामु शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देवकुमारी बाँस्कोटा छन् ।

Vianet communication
Laxmi Bank

छनोट समितिका संयोजक एवं संघका उपाध्यक्ष जीवन बस्नेतका अनुसार पुरुष र महिलातर्फ ५/५ वैकल्पिक खेलाडीसमेत छनोट गरिएको छ ।

वैकल्पिक खेलाडीमा महिलातर्फ जीना राई, साधना बम, विष्णु बोगटी, देवी श्रेष्ठ र मञ्जु राउत तथा पुरुषतर्फ शरुणमान श्रेष्ठ, तारा केसी, प्रवीण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल छन् ।

साग तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्येबाट पहिलो चरणमा पुरुष तथा महिला २८/२८ र दोस्रो चरणमा २२/२२ खेलाडी छनोट गरिएकामा उनीहरुमध्येबाट अन्तिम खेलाडी छनोट गरिएको संघका सचिव केशव पाठकले जानकारी दिए । सागमा ह्याण्डबलसहित ८ खेल पोखरामा खेलाइने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x