×

NMB BANK
NIC ASIA

सुस्त सेवा

प्रदेशबाट श्रम स्वीकृति लिन झन् कठिन, ३ दिनसम्म काम नहुँदा सेवाग्राहीलाई सास्ती

कात्तिक १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ का श्यामबहादुर पौडेल गएको बुधवार बिहानै कार्यालय शुरू हुनुभन्दा अगाडि नै बुटवलस्थित श्रम कार्यालय पुगे । बिहान ८ बजेदेखि लाइन बसेका उनले ४ बजेसम्म पनि फर्म कार्यालयभित्र बुझाउन पाएनन् ।

Sagarmatha Cement
Muktinath Bank

संयुक्त अरब इमिरेटका लागि श्रम स्वीकृति लिनुपर्ने काम सकेर साँझ घर फर्किने उनको योजना काम नभएपछि तुहियो । उनले राति बुटवलमै बस्नुपर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार पनि फर्म त बुझाए तर साँझसम्म पनि काम सकिएको थिएन । ‘सबै कागजपत्र मिलेको छ तर काम गरिदिँदैनन् । काठमाडौं जान नपर्ने भनेर बुटवलमा श्रम स्वीकृति गर्ने व्यवस्थाले झन् सास्ती थप्यो । ३ दिन लाग्ने गरी बुटवलमा सेवा दिनेभन्दा हामी काठमाडौं नै जाने थियौं,’ पौडेलले भने ।


Advertisment
Nabil box
Kumari

बाँके डुडवा गाउँपालिका–२ का चन्द्रमान लौनिया पनि बुधबार बिहान ११ बजेदेखि श्रम स्वीकृतिको फर्म भर्नका लागि लाइनमा बसे । ४ बजेसम्म पनि उनले फर्म बुझाउन सकेनन् । बिहीबार फर्म त बल्ल–बल्ल बुझाए तर उनको काम भएन । 

Vianet communication
Laxmi Bank

‘काठमाडौंको सेवा प्रदेशमा झार्‍यो तर सास्ती र ढिलासुस्ती काठमाडौंमा भन्दा बढी यहाँ देखियो । टाढा–टाढाबाट आउनेलाई काठमाडौं जाने खर्चभन्दा यहाँ बढी भयो,’ उनले भने । लौनियाको मलेसियाका लागि श्रम स्वीकृति लिनुपर्ने थियो ।

गुल्मी दरबार गाउँपालिका–२ का वीरबहादुर गाहा बिहीवार बिहानै कार्यालय पुगेपनि साँझसम्म काम नभएपछि कार्यालय परिसरमा टोलाउँदै थिए । 

‘काठमाडौं गएको भए ३ घण्टामा नै हुने काम यहाँ ३ दिने लगाइदिने भए । सहजताका लागि खोलिएका शाखा कार्यालयले सास्ती दिने भए,’ गाहाले भने ।

यी त केही उदाहरण मात्र हुन् । यस क्षेत्रका वैदेशिक रोजगारमा कामदारलाई श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्न भन्दै सञ्चालनमा आएको कार्यालयबाट सास्ती पाएका छन् । आफ्नै प्रदेशमा आएको कार्यालयले समयमै सेवा दिनेभन्दा सास्ती दिएको उनीहरूको गुनासो छ । 

दैनिक रुपमा ४ सयभन्दा बढी सेवाग्राही आउने कार्यालयमा १ सय ५० जनाको मात्र काम हुने गरेको बताइन्छ । कार्यालयमा ४ सयभन्दा बढी सेवाग्राही दैनिक रुपमा कार्यालयमा पुग्छन् ।

श्रम स्वीकृतिको लागि काठमाडौं धाउनु नपर्ने भनेर सञ्चालनमा आएका कार्यालयले झनै सास्ती दिएको दाङका बामदेव देवकोटाले बताए । गएको पुस १५ गतेदेखि बुटवलमा पनि पुनः श्रम स्वीकृति (एक पटक विदेश गएर आएकाहरूको लागि) शुरू भएको थियो । स्थापना हुँदा बुटवल उपमहानगरपालिका–६ चाँदबारीस्थित एक घरबाट कार्यालय स्थापना गरिएपनि त्यहाँ साँघुरो भएपछि श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको निर्देशनमा चैतबाट बुटवल १० रामनगरस्थित सीप विकास तालिम केन्द्रको भवनमा कार्यालय स्थापना गरी काम गरिएको छ ।

कार्यालय प्रमुख अनन्तमणि मरासिनीले दशैंलगत्तै सेवाग्राहीको चाप हवात्तै बढेकाले श्रम स्वीकृतिका लागि आउने सबैलाई एकै दिनमा सेवा दिन नसकेको स्वीकार गरे । 

‘दशैं अगाडि खासै सेवाग्राहीको चाप थिएन । कागजपत्र मिलेकाले एकै दिनमा काम सकेर जान्थे । दशैं सकिएपछि विदेश जाने सिजन जस्तै रहेछ । दैनिक ५ सय सेवाग्राही आउँछन् । हामीले १ सय ५० देखि २ सयसम्मको मात्र काम गर्न सक्छौं,’ उनले भने, ‘हाम्रो ढिलासुस्ती होइन । सेवाग्राही धेरै आएकाले सबैको काम एकै दिनमा हुन नसकेको पक्कै हो ।’ जनशक्ति कम हुँदा पनि धेरै सेवाग्राहीको काम गर्न नसकेको मरासिनीले बताए । 

कार्यालयमा ११ जना मात्र कर्मचारी छन् । भाषा अनुवादक नहुँदा पनि कार्यालयले धेरैको काम गर्न सकेको छैन । कार्यालयका शाखा अधिकृत दामोदर ज्ञवालीले अंग्रेजी र अरबी भाषाका अनुवादक कम हुँदा समस्या भएको बताए । सेवा दिन २ वटा काउन्टर मात्र छन् । भाषा अनुबादक र केही कर्मचारी थप गर्न सकिए ४ वटा काउन्टरबाट सेवा प्रवाह गर्न सकिने ज्ञवालीको भनाइ छ ।  सेवाग्राहीको चाप बढेपछि कार्यालयले टोकन वितरण गरेको छ ।

कार्यालयमा सेवाग्राहीको ठेलमठेल गर्ने गर्छन् । आफ्नो नाम नबताउने शर्तमा केही सेवाग्राहीले फर्मसँगै पैसा दिनेको एकैदिनमा पनि काम गरिदिने गरेको आरोप लगाए । गएको पुसदेखि सातै प्रदेशबाट एक पटक विदेश गएर आएकाहरूको लागि श्रम स्वीकृत गर्न शुरू गरिएको थियो । नयाँ कामदार भने काठमाडौं नै जानुपर्ने हुन्छ ।

प्रदेशका १२ वटै जिल्लाबासीले सेवा लिन सक्नेछन् । त्यसबाहेक नेपालका जुनसुकै जिल्लाका मानिसले पनि यो कार्यालयबाट सेवा लिन सक्छन् । कार्यालयले हालसम्म २७ हजार जनाको श्रम स्वीकृति गरेको जनाएको छ । 

वैदेशिक रोजगारमा बढी भएका ठाउँलाई लक्षित गरी शुरूमा प्रदेशमा श्रम स्वीकृति दिन शुरू गरिएको थियो । नेपालमा सबैभन्दा धेरै २ नम्बर प्रदेशका युवा वैदेशिक रोजगारमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x