×

NMB BANK
NIC ASIA

सरकारबारे नसोधिदिए हुन्थ्योजस्तो लाग्छ, प्रधानमन्त्रीले जे सोच्नुहुन्छ त्यही हुन्छ– प्रचण्ड

कात्तिक १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकार परिवर्तनबारे सञ्चारमाध्यममा आएजस्तो केही नभएको स्पष्ट पारेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार धनगढी विमानस्थलमामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सरकार परिवर्तनबारे कुनैपनि ठोस कुरा नभएको स्पष्ट पारेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सर्वप्रथम त सरकार परिवर्तनको कुरा मलाई नसोधदिए हुन्थ्यो लाग्छ । प्रधानमन्त्रीको क्षेत्रधिकारको कुरा हो । उहाँले जे सोच्नुहुन्छ, त्यही हुन्छ’, उनले भने–‘पार्टी अध्यक्ष भएकोले सल्लाह त पक्कै गर्नुहुुन्छ । अहिले मिडियामा आएको छ नि, असाध्यै धेरै । लौ यति मन्त्री फेरिने भए रे, यो जाने भयो, त्यो आउने भयो रे । हामीबीचमा केही ठोस कुरा भएको छैन ।’ 


Advertisment
Nabil box
Kumari

अध्यक्ष प्रचण्डले नेपाल र चीनबीचको सहमति ऐतिहासिक रूपमा सफल भएको दाबी गर्दै समझौताको वक्तव्यमा आउनेले मात्रै सबै कुरा निधो नगर्ने बताए ।

Vianet communication
Laxmi Bank

चीनसँगको सम्झौतामा सुदूरपश्चिमलाई उपेक्षा भयो भन्ने गुनासो बढेको छ नि ? भन्ने पत्रकारको जिज्ञासामा उनले अगाडि भने–‘पश्चिमको मुद्दालाई पनि सम्बोधन गर्नुपर्छ भनेर हिल्सा सुुर्खेततिर अलि बढी जोड भएकै हो । शुरूमा शी चिनफिङसँगको कुराकानीमा पश्चिममा कुनैपनि ठूलो परियोजना पर्दैन भनेर, त्यो चाहिँ परेको छ । अब सुदूरपश्चिमकै हकमा पनि केही परियोजना अगाडि बढ्छन् भन्ने मलाई लागेको छ । वक्तव्यमा आउनेले मात्रै सबै कुरा निधो गर्दैन ।’

अध्यक्ष प्रचण्डले अब सबैको ध्यान परिवर्तन र परिस्थितिमा गएको बताएका छन् ।

तीनै तहको सरकार बनिसकेपछि अबको चुनौती विकास निर्माण र समृद्धितिर जाने भएको बताउँदै उनले त्यसको आधारमा संविधान समेतले भने अनुसारको समाजवादको तयारीमा जाने उल्लेख गरे, जसलाई ऐतिहासिक अवसरको रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

नेकपा सुदूरपश्चिम समितिद्वारा धनगढीमा आयोजित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई लक्षित प्रशिक्षण कार्यक्रम सम्बोधनका लागि प्रचण्ड धनगढी आएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x