कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बलेवा – धानमा दाना लाग्ने समयमा कालो पोके रोग लागेपछि बागलुङको जैमिनी नगरपालिकाका किसान चिन्तित बनेका छन् ।
नगरपालिकाको झण्डै ३०० हेक्टर जमिनमा लगाइएको ‘शंकर यूएस १२’ नामको हाइब्रिड धानमा रोग लागेको छ ।
चिसो र वर्षाका कारणले लाग्ने सो रोगले ५० प्रतिशतसम्म उत्पादन घटाउने कृषि प्राविधिक बताउँछन् ।
कालो पोके रोग लागेपछि धानको दाना नलाग्ने, लागेको दाना नबढ्ने र पुष्ट दाना नहुने समस्या हुने बताइएको छ । ‘धानका लागि कालो पोके खतरनाक रोग हो,’ कृषि प्राविधिक रवीन्द्र शर्माले भने, ‘यसपालि पोके धेरै देखिएकाले धान उत्पादन घट्ने निश्चित छ ।’
धानमा दाना लागेर पुष्टिने बेलामा लागेको रोगले उत्पादन घटाउने स्थानीय किसान होमनाथ शर्माले बताए ।
‘भएको एक हलको मेलो जमिनमा यहीँ धान लगाएको थिएँ, ५ मुरी धान फल्ने खेतमा ५० पाथी उब्जिन्छ कि उब्जिन्न,’ उनले भने, ‘बीउ गतिलो नपरेर हो कि मौसमका कारणले हो, उत्पादन घटेर बर्बाद बनाउने भयो ।’
उनीजस्तै अन्य किसानले लगाएको धानमा सो रोगको समस्या छ । कालो पोके रोगकै कारण विगतको तुलनामा यस वर्ष धानको उत्पादन ह्वात्तै घट्नेमा किसान चिन्तित छन् ।
‘शंकर यूएस १२’ नामको हाइब्रिड धानमा बाहेक अरु स्थानीय जातका धानमा रोगको संक्रमण नरहेको प्राविधिक शर्माले बताए । जैमिनीका किसानले केही वर्ष पहिलेदेखि नै यो धानको बीउ प्रयोग गर्दै आएका थिए ।
‘१० वर्ष पहिलेदेखि यहाँ उत्पादन हुँदै आएको धान हो,’ नगरपालिकाका कृषि शाखा प्रमुख अर्जुनप्रसाद श्रेष्ठले भने, ‘यसपटक चिसो र वर्षाका कारण कालो पोकेको समस्या देखापर्यो ।’
रोगको संक्रमणका कारण धानखेतीमा क्षति पुग्ने निश्चित भएपनि किसानले क्षतिपूर्ति भने नपाउने भएका छन् । नेपाल सरकारले ‘शंकर यूएस १२’ जातको धानको बीउ सामुन्द्रिक सतहबाट ७०० मिटर तल मात्रै प्रयोग गर्न सिफारिस गरेको छ ।
जैमिनीका किसानले सो धान लगाएको अधिकांश भूभाग ७०० मिटरभन्दा माथि १ हजार ४ सय मिटरसम्म रहेकाले क्षतिपूर्ति सिफारिस गर्न नसकिने श्रेष्ठ बताउँछन् ।
‘हाम्रो सल्लाह र सिफारिसमा लगाइएको होइन, किसानले आफैं ल्याएर बीउ लगाए,’ उनले भने, ‘सिफारिस नभएको बीउले बेलाबेला धोका दिइरहन्छ ।’ विगतका वर्षमा राम्रो उत्पादन भएको भन्दै कृषि शाखाका प्रमुख श्रेष्ठले नै बीउ बिक्री गरेका थिए ।
‘सरकारले सिफारिस गरेको छैन तर किसानले मागेपछि हामीले पनि बीउ दियौं,’ उनले भने, ‘अहिले अधिक वर्षा र छिटो चिसो मौसम शुरू भएकाले समस्या देखियो ।’
किसानले भने मौसमी संक्रमणका कारण भएको भन्दै क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...