कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
कात्तिक १, २०७६
काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले शुक्रवार विज्ञप्ति जारी गरी प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहमा रिक्त जनप्रतिनिधि चयनका लागि हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त जनप्रतिनिधि चयन गर्न हुने निर्वाचनका लागि कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ ।
सोही दिन अपराह्न उम्मेदवारको सूची सार्वजनिक गर्ने र २२ गते विरोधमा उजुरी दिनसक्ने र २३ गते अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका तय भएको निर्वाचन आयोग जनाएको छ ।
प्रतिनिधि सभातर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेश सभातर्फ भक्तपुर १ (क), दाङ ३ (ख) लगायतमा उपनिर्वाचन हुँदैछ ।
स्थानीय तहतर्फ भने उम्मेदवारी मनोनयन दर्ताका लागि २७ गतेको समय तोकिएको छ ।
५२ रिक्त पदमा जनप्रतिनिधि चयनका लागि मंसिर १४ गते उपनिर्वाचन गर्ने घोषणा यसअघि नै भइसकेको छ ।
हेर्नुहोस्, निर्वाचन कार्यक्रम :
१. सम्वत् २०७६ साल मंसिर १४ गते शनिवारका दिन प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त पदहरूमा उपनिर्वाचन सम्पन्न गर्ने गरी नेपाल सरकार र निर्वाचन आयोगबाट २०७६ साल श्रावण १६ गते (भोजपुर जिल्ला पौवादुङ्मा गाउँपालिका वडा नं. १ र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १६ को हकमा क्रमशः २०७६।०५।०४ र २०७६।०६।०७ गते) निर्वाचनको मिति घोषणा भए अनुरुप प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष समेत ४८ गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन व्यवस्थापनको तयारी सम्बन्धी कार्यहरू भइरहेका छन् ।
२. प्रतिनिधि सभा सदस्यतर्फ कास्की जिल्लाको निर्वाचन क्षेत्र नं. २ र प्रदेश सभा सदस्यतर्फ भक्तपुर जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १, वाग्लुङ्ग जिल्लाको प्रितिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ र दाङ्ग जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को २०७६ साल मंसिर १४ गते हुने उपनिर्वाचनको लागि मिति २०७६।०७।२१ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २१ गते दिउसो १.३० बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि दिउसो १.३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २३ गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, २४ गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय सहितको निर्वाचन कार्यक्रम आयोगबाट मिति २०७६/०६/१५ गते स्वीकृत भएको व्यहोरा जानकारी गराइन्छ ।
३. स्थानीय तहतर्फ सुनसरी जिल्लाको धरान उपमहानगरपालिका प्रमुख–१, पाचँथर जिल्लाको फाल्गुनन्द गाउँपालिका, संखुवासभा जिल्लाको मकालु गाउँपालिका र महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाहरूको अध्यक्ष–३, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ र विभिन्न/अन्य ३४ वटा जिल्लाका ४० वटा स्थानीय तहका विभिन्न वडाहरूका वडा अध्यक्ष–४३ गरी जम्मा ४८ रिक्त पदको २०७६ साल मंसिर १४ गते हुने उपनिर्वाचनको लागि मिति २०७६।०७।२७ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २७ गते दिउसो १.३० बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते बिहान ११ बजेदेखि दिउसो १.३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २९ गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३० गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, ३० गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मिति २०७६।०८।०१ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय सहितको निर्वाचन कार्यक्रम आयोगबाट मिति २०७६/०६/१५ गते स्वीकृत भएको व्यहोरा जानकारी गराइन्छ ।
४. आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशनको लागि पठाइसकिएको व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...