×

NMB BANK
NIC ASIA

हिरासतमा रहेका आलमलाई भारतीय विधायकले भेटे

कात्तिक १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गगन अर्याल र अजय अनुरागी/गौर- प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री आफ्ताब आलमलाई भारतको विधायकले शुक्रवार साँझ भेट गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

भारत बिहारको सत्ता पक्षधर जनता दल युनाइटेडको शिवहर विधान सभाका विधायक मोहम्मद सर्फुद्दीनले हिरासतमा रहेका आलमलाई भेटेका छन् । भारतको बिहारमा अहिले जनता दल युनाइटेडकै नीतिश कुमारको नेतृत्वको सरकार छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय जनता पार्टीसँगैको एनडीए गठबन्धनको साझा सरकार बिहारमा रहेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासत कक्षमा रहेका आलमलाई उनले शुक्रवार साँझ ५ बजे भेट गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीका अनुसार विधायकले १० मिनेट जति आलमसँग भेट गरेका छन् । ‘उहाँले १० मिनेट जति भेट वार्ता गर्नु भयो,’ एसपी खत्रीले भने, ‘उहाँ पक्राउ परेका अभियुक्त आलमको नातामा आफ्नै सम्धी परेका कारण भेट वार्ता गरेको हो ।’  भेट वार्ता गरेर उनी सिधै फर्किएका थिए । विधायकले एसपी खत्रीसँग भने कुनै संवाद गरेनन् ।  

भारतीय विधायक सर्फुद्दीन भने नातामा पूर्वमन्त्री आलमका सम्धी हुन् । आलमको छोरा डा.फिर्दोश आलमसँग उनको छोरीको बिहे भएको हो । सर्फुद्दीनको साथमा भारत बिहारको दुई जना प्रहरी सुरक्षा गार्डको रूपमा समेत रहेका थिए । सर्फुद्दीन उक्त विधान सभामा लगातार दुई पटक निर्वाचित भएका प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।

छोरा ‘इन्स्पेक्टर आलम’ निराश

लोकान्तरका प्रतिनिधि जिल्ला प्रहरी कार्यालयमा पुग्दा हिरासतमा रहेका आलमको छोरा निरीह देखिएका थिए । पूर्वमन्त्री आलमका छोरा डा. फिर्दोश आलम नेपाल प्रहरी संगठनका प्रहरी निरीक्षक हुन् । उनी नेपाल प्रहरीको चिकित्सक हुन् । २०७३ सालमा उनी प्रहरी संगठनमा प्रहरी निरीक्षकमा नियुक्त भएका थिए ।

उनी अहिले काठमाडौंमा कार्यरत छन् । बुवा पक्राउ परेपछि बिदा लिएर गौर आएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटमा भेटिएका उनले भने कुनै प्रतिक्रिया दिन मानेनन् । ‘म आफैं पनि प्रहरी संगठनको प्रहरी निरीक्षक हो,’ डा.आलमले लोकान्तरसँग भने, ‘मैले आफ्नो बुवाको गिरफ्तारीका सन्दर्भमा कुनै पनि प्रतिक्रिया दिन मिल्दैन ।’ 

उनी भने निराश देखिन्थे । उनले आफ्नो तस्वीर समेत नलिइदिन आग्रह गरेका थिए । उनको लागि त कस्तो स्थिति थियो भने जुन प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले गिरफ्तार गरेका छन्, त्यसैलाई उनले सल्यूट गर्नुपरेको छ । लोकान्तरका प्रतिनिधि जिल्ला प्रहरी कार्यालयमा पुग्दा उनले एसपी खत्रीलाई सल्यूट गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x