माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
काठमाडौं – बलत्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले स्वास्थ्य प्रतिकूलताको कारण देखाई बयान दिन ‘अस्वीकार’ गरेका छन् ।
पक्राउ परेको चार दिनपछि अस्पताल भर्ना भएका महराले ‘स्वास्थ्य अवस्था प्रतिकूल रहेको’ भन्दै बयानमा भाग लिन अस्वीकार गरेका हुन् ।
बयान सुरु हुन नसक्दा प्रहरीले थालेको अनुसन्धान प्रक्रिया अघि बढ्न सकेको छैन । ‘आरोपित अस्पतालमा भर्ना भएर उपचार गरिरहेको अवस्था हो, स्वास्थ्यले साथ नदिएका कारण बयान सुरु हुन सकेको छैन,’ सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले कान्तिपुरसँग भने, ‘आशा गरौं, स्वास्थ्य अवस्था सुधार होला । आइतबार बयान लिने र म्याद थपका लागि अदालतमा पेस गर्ने हाम्रो तयारी छ ।’
महरालाई पक्राउ गरी थुनामा राख्न जिल्ला अदालत काठमाडौंले दिएको १३ दिनको समयसीमा शुक्रबार सकिँदै छ । सरकारी वकिल कार्यालयका प्रमुख खनालले प्रहरीको अनुसन्धानमा रहेको भन्दै अरू विवरण खुलाउन चाहेनन् ।
अर्का एक सरकारी वकिलका अनुसार महराले ‘मौन रहने अधिकार’ प्रयोग गर्न चाहेका छैनन् । फौजदारी अभियोग लागेका हरेक आरोपितलाई घटनाका विषयवस्तु र प्रश्नबारे कुनै उत्तर नदिई ‘मौन रहने’ अधिकार रहन्छ । मौन रहन चाहेको भए स्पष्ट रूपमा भन्न आग्रह गर्दा महराले आफ्नो त्यस्तो रुचि नभएको बताएको कार्यालय स्रोतले जनायो । ‘उहाँले स्पष्ट रूपमा बयान दिन तयार छु भन्नुभएको छ तर आफ्नो स्वास्थ्यमा केही सुधार होस् भन्ने जवाफ दिनुभएको छ,’ स्रोतले भन्यो ।
प्रहरी र सरकारी वकिलले आइतबारसम्म पर्खने रणनीति लिएका छन् । आइतबार अदालतमा म्याद थप्ने बेलामा समेत उनी बयानका लागि तयार नभए आफ्नै ढंगले अनुसन्धान प्रतिवेदन तयार पार्ने उनीहरूको रणनीति छ । प्रहरीले बयानबाहेक उजुरीमाथिको अनुसन्धान भने जारी रहेको जनाएको छ ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूमाथि बलात्कार भएको सार्वजनिक गरेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए । त्यसपछि उनले आफूमाथि कुनै दुर्व्यहार नभएको अभिव्यक्ति दिएकी थिइन् । पछि फेरि उनैले दिएको किटानी जाहेरीका आधारमा महरा पक्राउ परेका थिए । किटानी जाहेरीपछि ती ‘पीडित’ ले आफूलाई झुक्याएर निवेदन दिन लगाइएको प्रतिक्रिया दिएकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...