पर्सामा सुरक्षा समितिको बैठक सम्पन्न

कात्तिक २, २०७६

पर्सा - जिल्लामा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्ने निर्णयका साथ चार जिल्लाको जिल्ला स्तरीय सुरक्षा समन्वय समितिको बैठक आज पश्चिमी पर्साको ठोरी गाउँपालिकामा सम्पन्न भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको सभापतित्वमा भएको सो बैठकमा आ–आफ्नो जिल्लामा शान्ति सुरक्षाकायम गर्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने, सम्पन्न नभएका विकासका योजना समयमै सम्पन्न गर्ने गराउने, सीमा क्षेत्रमा हुने बढ्दो चोरी, तस्करी नियन्त्रण गर्ने, हुलाकी राजमार्ग निर्माणमा जोड दिनेलगायत उक्त बैठकमा निर्णय गरिएको छ ।


ADVERTISEMENT

बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, पर्साका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाही तथा पर्सा, बारा, मकवानपुर र चितवनका सेना प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखलगायतको सहभागिता रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले बताए ।

 

कात्तिक २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस