×

NMB BANK
NIC ASIA

शनिबार दिनभर : कहाँ के–के भए, मुख्य समाचार पढ्नुहोस्

कात्तिक ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

देउवाले सच्याए अभिव्यक्ति

Sagarmatha Cement
Muktinath Bank

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी कानूनी राज्यमा विश्वास गर्ने भएकाले काङ्ग्रेस कोही माथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाको अन्योलताबारे सभापति देउवाले शनिबार एक विज्ञप्ति जारी गरी स्पष्ट पार्दै कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्य तथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने उल्लेख गरे । 
 “बाह्र वर्ष पुरानो मुद्दामा मैले यही सङ्केत गरेको हुँ”, देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई काङ्ग्रेसको सहयोग रहने स्पष्ट पार्दै सभापति देउवाले निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने पार्टीको प्रष्ट मान्यता रहेको सार्वजनिक रुपमा प्रष्ट्याएका छन् । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति भण्डारी स्वागत समारोहमा सरीक
    
म्यान्मा भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी यङ्गोनस्थित नेपाली राजदूतावासले शनिबार साँझ आयोजना गरेको स्वागत समारोह र रात्रिभोजमा सरीक भएकी छिन् ।  सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनस्तर रहेको म्यान्मा र नेपालबीच प्रगाढ सम्बन्ध र बलियो कडी रहेको बताउँदै नेपाल भ्रमण वर्ष सफल पार्न आग्रह गरे । उनले नेपालको विकासमा सहयोग पु¥याउन  र लगानीका लागि अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरे । उनले नेपाल र म्यान्मा साझा मूल्यमान्यता र अन्तरराष्ट्रिय  दृष्टिकोणबाट अघि बढ्ने पनि बताए । 

Vianet communication
Laxmi Bank

    म्यान्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासले ३९ वर्षपछि राष्ट्राध्यक्ष तहमा भएको नेपालको म्यान्मा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ बढाउने विश्वास व्यक्त गर्दैै गौतम बुद्धका सहिष्णुता, करुणा, सद्भाव जस्ता उपदेशले दुई देशलाई बाँधिरहने बताए । 

विश्वका कम्युनिष्ट पार्टीको बैठक टर्कीमा

    विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीको २१औँ बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आ–आफ्ना देशका मौलिक विशेषतालाई ख्याल गर्दै कम्युनिष्ट पार्टीलाई लोकप्रिय, जनमुखी र बलियो बनाउन सक्दा मात्रै परिवर्तनको सपनालाई साकार पार्न सकिनेमा जोड दिएको छ । 

    नेकपाको तर्फबाट केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा यसैमा जोड दिएका कारण नेकपा लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा स्थापित भएको स्मरण गराए ।  साठी देशका ७५ कम्युनिष्ट पार्टीको सहभागिता रहेको उक्त बैठकको आयोजना टर्की र ग्रीसका कम्युनिष्ट पार्टीले संयुक्त रुपमा गरेका हुन् । विश्वका सबै खालका कम्युनिष्ट पार्टीको साझा मञ्चका रुपमा रहेको कम्युनिष्ट तथा श्रमिक पार्टीको अन्तर्राष्ट्रिय बैठक (आइएमसीडब्लुपी) नामक उक्त मञ्च सन् १९९८ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ । 

कानूनी शासनमा कसैले उन्मुक्ति पाउँदैनन्ः मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन् । 
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले कानूनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानून सबैलाई बाराबरी लाग्ने बताए ।   

सुरक्षा समितिको बैठक 
जिल्लामा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्ने निर्णयका साथ चार जिल्लाको जिल्ला स्तरीय सुरक्षा समन्वय समितिको बैठक शनिबार पश्चिमी पर्साको ठोरी गाउँपालिकामा सम्पन्न भएको छ । 

    पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको सभापतित्वमा भएको सो बैठकमा आ–आफ्नो जिल्लामा शान्ति सुरक्षाकायम गर्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने, सम्पन्न नभएका  विकासका योजना समयमै सम्पन्न गर्ने गराउने, सीमा क्षेत्रमा हुने बढ्दो चोरी, तस्करी नियन्त्रण गर्ने, हुलाकी राजमार्ग निर्माणमा जोड दिनेलगायत उक्त बैठकमा निर्णय गरिएको छ ।  

    बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, पर्साका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाही तथा पर्सा, बारा, मकवानपुर र चितवनका सेना प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखलगायतको सहभागिता रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले बताए । 

सफा हुँदै बागमती

काठमाडौँको गुह्ेश्वरीमा निर्माणाधीन वाग्मतीको फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको सो आयोजनाका प्रमुख लीलाप्रसाद ढकालले जानकारी दिएका छन् ।  आयोजनाको काम आगामी पुस मसान्तस्म्म सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । 

    आयोजना प्रमुख ढकालले भने, “हामीले फोहर पानी प्रशोधन केन्द्रको काम ९५ प्रतिशत सम्पन्न गरिसकेका छौँ । बाँकी काम आगामी पुस मसान्तभित्र सम्पन्न गरी वाग्मतीमा सफा पानी बगाउँछौँ ।” आयोजनाको पछिल्लो अवस्थाका बारेमा शनिबार खानेपानी मन्त्री बीना मगर, सचिव माधव बेल्वासेलगायत टोलीले स्थलगत निरीक्षणसमेत ग¥यो । 
    
वाग्मतीको मुहार फेर्ने सरकारको लक्ष्यलाई एशियाली विकास बैंकले सहयोग गरेको छ । सो आयोजनाका लागि रु दुई अर्ब ५५ करोड खर्च गरिएको छ । आयोजना सम्पन्न भएपछि एक सेकेन्डमा ३९० लिटर फोहर पानी प्रशोधन गर्न सकिनेछ । त्यस आधारमा दिनभरमा तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन हुनेछ । 
 
    यस्तै सोही आयोजनाको अर्को स्वरुपमा रहेको ऊर्जा उत्पादन कक्षबाट प्रतिघण्टा ३२० किलोवाट विद्युत्समेत उत्पादन हुनेछ । आयोजनाको अर्को पनि फाइदा रहेको छ । प्रत्येक दिन सात टन कम्पोस्ट मलसमेत उत्पादन हुनेछ । सो मलको प्रयोग गरेर खेती उब्जनी बढाउनसमेत सहयोग मिल्नेछ । कृषि पेशाका लागि उक्त प्रशोधन केन्द्रबाट उत्पादन हुने मल असाध्यै प्रभावकारी हुने विश्वास लिइएको छ । 

दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरीको दुहवीमा शनिबार भएको सडक दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन रेग्मी रहेको छ । दुहवी नगरपालिक–२ दङ्गा नियन्त्रण प्रहरी गण गेट अगाडि को १ ख ५६७२ नम्बरको आदम डिलक्स बसले ठक्कर दिँदा गम्भीर घाइते भएका प्रहरी जवान रेग्मीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

    कार्यालय कामको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सुनसरी जाने क्रममा सो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते हुने प्रहरी जवान २८ वर्षीय किरण कठायतको नोबेल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बसलाई दङ्गा नियन्त्रण प्रहरी गण दुहवीले नियन्त्रणमा लिएको छ भने बस चालक सुनसरीको भोक्राहा गाउँपालिका–३ बस्ने ३९ वर्षीय पन्च नारायण मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटना

जोरायल गाउँपालिका–२ गरुडमा शनिबार बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख ८२३५ नं को बस दुर्घटनामा परेको हो । 

    घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । डडेल्धुराको अमरगढी नगरपालिकाका २५ वर्षीय बसका चालक सुरेन्द्र विष्ट, बैतडी पाटनका ३० वर्षीय नरेश चन्द, डडेल्धुरा भागेश्वरका २२ वर्षीय तारा जोशी र दाङ तुलसीपुरका १९ वर्षीया लक्ष्मी विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय फलटुडेका प्रहरी निरीक्षक माधव विकले जानकारी दिए । उनीहरुलाई उपचारका लागि पद्मा अस्पताल अत्तरिया पु¥याइएको छ । 

दुई पर्यटकको मृत्यु

    कास्की र मनाङमा गरी शनिबार दुई पर्यटकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा पोखरा महानगरपालिका–६ लेकसाइडको स्ट्रेट नं २ स्थित लक्की सेभेन गेष्ट हाउसमा बस्दै आएका जर्मन नागरिक ७६ वर्षीय कार्ल हेञ्ज सिकेल र मनाङको ङिस्याङ गाउँपालिका–७ टङ्कीमा थ्रोङला पासको क्रममा अमेरिकन नागरिक (पासपोर्ट नं ६४६०२७४५) ६५ वर्षीय स्टेफन भागन स्मिथ रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । 

    जर्मन नागरिक सिकेल बिहान अबेरसम्म नउठेपछि होटलका मालिक निजको कोठामा गई हेर्दा मृत अवस्थामा फेला परेको थियो भने अमेरिकन नागरिक स्मिथको हृदयघातका कारण मृत्यु भएको र दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अध्यक्ष पन्तका कुरा

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले समृद्ध नेपाल निर्माणका निम्ति लगानी भित्र्याउन संस्था प्रतिबद्धताका साथ लागि परेको बताएका छन्  । उनले  एनआरएनएको तर्फबाट रु १२ अर्ब लगानी भित्र्याउने प्रतिबद्धताका साथ काम शुरु गरिएको जानकारी दिए । 

    एनआरएन नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाइ दिन रिपोर्टस् क्लबले शनिबार  आयोजना गरेको कार्यक्रममा अध्यक्ष पन्तले भने, “हामीले नेपाल सरकारसँग रु १२ अर्ब भित्र्याउने भनेर एमओयु पनि गरिसकेका छाँै, यो प्रतिबद्धता पूरा गर्नका लागि काम शुरु गरिसकेका छौँ ।” उक्त म्युच्युअल फण्डमा ९० प्रतिशत  एनआरएनको लगानी रहने र बाँकी १० प्रतिशतमा पाँच प्रतिशत निजी क्षेत्र र अर्को पाँच प्रतिशत नेपाल सरकारको रहने अध्यक्ष पन्तले जानकारी दिए । 

वेश्यावृत्ति गराउनेलाई कारागार पठाउन आदेश

महिला तथा किशोरीलाई प्रलोभनमा पारी घरमै यौनशोषण गर्ने र गराउँदै आएको अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जनालाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले शनिबार जानकारी दिएको छ ।
 
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मेलचोक घर भई हाल मध्यपुरथिमि–९ बोडेमा घर भाडामा बस्दै २५ वर्षीय सञ्जय भन्ने राजेश गिरी, मध्यपुरथिमि चपाचो घर भई बोडे बस्ने ५० वर्षीय श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापति र धादिङ फुलखर्क गाउँपालिका–४ घर भई बोडेमा डेरा गरी बस्ने २९ वर्षीया सोनिया तामाङ भन्ने सविना तामाङ (गुरुङ) रहेका छन् । 

पक्राउ परेकाहरूले मध्यपुरथिमि नगरपालिका–९ बोडे सिन्टीटारस्थित श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापतिलगायतले विभिन्न पुरुष बोलाई मादक पदार्थ सेवन गराई महिला तथा किशोरीलाई वेश्यावृत्तिमा लगाउने गरेको पीडित महिलाको उजुरीको आधारमा प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले छापामा मारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

४३ प्रतिशत निजी आवास पुनःनिर्माण

म्याग्दीमा  त्रिचालिस प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेका मध्ये हालसम्म ३४६ ले आवास पुनःनिर्माण गरेका छन् । 

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वय एकाइका अधिकृत यज्ञप्रसाद रिजालका अनुसार ८०३ लाभग्राहीले रु ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेका थिए भने ३९६ ले दोस्रो किस्ता लगेका छन् । पहिलो किस्ता लगेका मध्ये दुईले अनुदान फिर्ता गरेका छन् भने ३७२ दोस्रो किस्ता लिन आएका छैनन् ।

देशभर चिसो बढ्यो 
पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले शनिबार देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
 
मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीको भनाइ छ । 
राति देशका पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आङ्शिक बदली भई मध्यपहाडी भू–भागका एक÷दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आइतबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका पूर्वी र पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै सोमबार देशका मध्य तथा पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

उपत्यकामा दशैँको समयमा १० को मृत्यु 
काठमाडौँ उपत्यकाभित्र यस वर्षको दशैँमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका हुन् । यस्तै १४ गम्भीर घाइते र ३०४ सामान्य घाइते भएका छन् ।
 
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले तीव्रगति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको बताए । 
 गत वर्षको दशैँको समयमा २८५ सवारी दुर्घटनामा १३ ले ज्यान गुमाएका थिए भने आठ गम्भीर घाइते तथा २०२ सामान्य घाइते भएका थिए । 

गैँडाको अस्थिपञ्जर भेटियो

चितवन राष्ट्रिय निकुञ्जले वर्षातपछि शुरु गरेको खानतलासी अभियानका क्रममा एउटा गैँडा मृत भेटिएको छ । बर्दा सामुदायिक वनअन्तर्गतको नारायणी नदीको भङ्गालोमा गैँडाको अस्थिपञ्जर भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार वर्षात्का कारण निगरानी पु¥याउन कठिन भएका स्थानमा खानतलासी अभियान तीव्र पारिएको छ । सोही क्रममा खानतलासी गर्दा असोज २९ गते गैँडाको अस्थिपञ्जर भेटिएको हो । 

१९ किलो चाँदीसहित एक पक्राउ

बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट गोलागञ्जबाट खटिएको प्रहरी टोलीले साहलाई विशेष सुराकीको आधारमा सो परिमाणको चाँदीसहित नियन्त्रणमा लिएको हो । भारतबाट बीआर०६एम १०६० नंको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले बताए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x