×

NMB BANK
NIC ASIA

संवेदनशील डाटा दुरुपयोगको आशंका : पाँच वर्षदेखि अध्यागमनका महत्वपूर्ण डाटा निजी कम्पनीको कब्जामा

कात्तिक ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –अध्यागमनसम्बन्धी संवेदनशील तथ्यांकहरू पाँच वर्षदेखि एक निजी कम्पनीको कब्जामा छ ।

Sagarmatha Cement
Muktinath Bank

सन् २०१४ देखि अध्यागमनका सबै यात्रुको विवरण फोकसवान नामक आइटी कम्पनीले नियन्त्रणमा राखेको हो । सो डाटा दुरुपयोगसमेत भएको अध्यागमन अधिकारीहरूको आशंका छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो कम्पनीले सन् २०१४ मा अध्यागमनको सफ्टवेयर बनाउने जिम्मेवारी पाएको थियो । तत्कालीन महानिर्देशक शरदचन्द्र पौडेलको कार्यकालमा सो सफ्टवेयर निर्माणका लागि कोटेसनका आधारमा सम्झौता गरिएको थियो । त्यसपछि कम्पनीले अध्यागमनका सम्पूर्ण डाटामा आफ्नो कब्जा जमाएको हो । त्यसयता फोकसवानले बनाएको इमी नामक सफ्टवेयरमा सबै यात्रुको डाटा रहँदै आएको छ । जब कि त्यो डाटामा अध्यागमन अधिकारीहरूको पहुँच नै छैन । 


Advertisment
Nabil box
Kumari

२०१४ देखि सोही कम्पनीसँगै विभागले वार्षिक रूपमा मर्मतको सम्झौता पनि गर्दै आएको छ । वार्षिक करिब दुई लाखको हाराहारीमा उनीहरूले यस्तो काम गर्दै आएका छन् । ‘बिजुली र धाराको मर्मत गर्नेले नै वर्षमा त्योभन्दा धेरै लिने गरेका छन्,’ विभागका एक अधिकारी भन्छन्, ‘किन उनीहरूले यति सस्तोमा सम्झौता गरे भन्नेमा आश्चर्य लागेको छ ।’ लामो प्रयासपछि हालै भने सरकारले सो कम्पनीबाट अध्यागमनको डाटा आफ्नो नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको छ ।

Vianet communication
Laxmi Bank

संवेदनशील डाटा दुरुपयोगको आशंका 
फोकसवान कम्पनीले डाटा दुरुपयोग गरेको हुन सक्ने विभागको आशंका छ । विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, ‘हामीसँग सो पहुँच नै नहुँदा त्यो डाटा दुरुपयोग भयो कि भन्ने पनि हाम्रो आशंका छ ।’ सो सफ्टवेयरमा सबै यात्रुको फोटोसहितको तथ्यांक छ । जुन कतिपय विदेशी निकायमा पुगेको हुन सक्ने आशंका पहिलेदेखि नै अध्यागमनका अधिकारीको थियो । विभागका ती अधिकारी भन्छन्, ‘पूर्ण रूपमा निजी कम्पनीको कब्जामा भएपछि जे पनि हुन सक्ने भयो ।’ यस्ता डाटा हात पार्न काठमाडौंस्थित कतिपय दूतावासका प्रतिनिधिले अध्यागमन अधिकारीहरूलाई समेत प्रभावमा पर्ने प्रयास गर्थे । 

सन् २०१४ अघि अध्यागमनमा डिजिटल प्रणाली थिएन । अध्यागमनलाई व्यवस्थित बनाउन भन्दै तत्कालीन महानिर्देशक पौडेलले नयाँ सफ्टवेयर बनाउन लगाएका थिए । ‘तर, डाटाको सुरक्षाबारे कसैले चासो नै दिएनन्,’ विभागका एक अधिकारी भन्छन्, ‘बिस्तारै सो कम्पनीले अध्यागमनको डाटामा एकाधिकार बनाउँदै लग्यो ।’ यो वर्षको चार महिनाका लागि समेत विभागले सोही कम्पनीसँग सम्झौता गरिसकेको छ । तर, अबको दुई महिनापछि विभागको आफ्नै सफ्टवेयर तयार हुने महानिर्देशक पौडेल बताउँछन् । ‘विगतमा अध्यागमन कुनै तथ्यांक लिन सोही कम्पनीसँग भर पर्नुपर्ने थियो,’ विभागका महानिर्देशक पौडेलले भने, ‘अब दुई महिनाभित्रै नेपाल पोर्ट नामक हाम्रै सफ्टवेयर जडान हुँदै छ, त्यसपछि डाटाको गोपनीयताको सुरक्षामा कुनै समस्या हुँदैन ।’ नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x