पुस १०, २०८०
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
सुर्खेत- दीपक-दीपकाको फिल्म 'छ माया छपक्कै'ले राम्रो कलेक्शन गरेको छ । फिल्मले औसत समीक्षा पनि पायो । त्यसकारण हलमा अझै पनि दर्शकको चाप शुरूआती दिनमा जस्तै छ ।
उता नेकपाका नेता मोहन बडुवाल समाजको यर्थात चित्रण गरिएको फिल्म भन्ने सुनेका कारण आफू फिल्म हेर्न आएको बताउँछन् । ‘समाजमा कसरी द्वन्द्व द्धन्द्ध हुन्छ भन्ने कुरा फिल्ममा कलात्मक रूपमा देखाइएको हल्ला सुनेर त्यसको अनुभव गर्न फिल्म हेर्न आएको हुँ ,' उनी भन्छन्, ‘द्वन्द्वको निवारण कसरी भएको भन्ने कुराको पनि कलात्मक रूपमा प्रस्तुति भएको र मनोरञ्जन पनि यथेष्ट हुने अपेक्षासहित आएको हुँ ।’
यसैबीच शनिवार साँझ ६ बजेर ३२ मिनेटमा लक्ष्मी चलचित्र मन्दिरमा कर्णाली प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायालगायतको नेकपाका नेता कार्यकर्ताहरुको टोली हल भित्र प्रवेश गर्यो ।
हलमा अघिल्लो शो चल्दै थियो । एक्कासी कर्णाली सरकारका मन्त्रीहरू नै सोझै फिल्म हल प्रवेश गरेको देखेपछि ६ बजेदेखि हल बाहिर बसेका दर्शक पनि भित्र पसे । तर हल सञ्चालकले भने पहिलेको सो नसकिएको आग्रह गर्दा उनीहरू फर्किए । तर हलमा फिल्म चल्न बन्द भएका कारण मन्त्री तथा साँझको सो का लागि टिकट काटेका दर्शकहरूको शनिवार फिल्मी मूड पूरा हुन पाएन ।
फिल्म हेर्न आएका दर्शक तथा मन्त्रीहरुको चाहना शनिवार अधुरै रह्यो । सञ्चालकहरूको गम्भीर लापरवाहीका कारण दिउँसो साढे तीन बजेको सो मध्यान्तरपछि प्रोजेक्टर बिग्रेको भन्दै सो रोकियो । दर्शकहरू आक्रोशित भए । दर्शकले आफ्नो टिकटको पैसा फिर्ता माग्दा उल्टै हलका कर्मचारीहरू दर्शकलाई धम्क्याउन थाले । दोहोरो झडपको स्थिति उत्पन्न भयो ।
अन्त्यमा साढे ६ बजेको सो का लागि टिकट काटेका दर्शकलाई टिकटको रुपैंया फिर्ता दिएर घर पर्काइए पनि कसैसँग माफी माग्न हल सञ्चालकले चाहेनन् । 'शुक्रवार नै टिकट काटेको थिएँ । शनिवार फिल्म हेर्न आउँदा मध्यान्तरपछि बिग्रियो । हामीले हेर्न पाएनौं,’ दर्शक सरोज थापाले भने, ‘कि छिटो फिल्म सञ्चालन गर्नुपर्छ नभए हाम्रो पैसा फिर्ता दिनुस् भनेर भन्दा उल्टै हामीमाथि त्यहाँका कर्मचारीहरूले दादागिरी देखाए ।’ सुर्खेतमा एक मात्र फिल्म हल भएका कारण उनीहरूमा अहमता बढेको उनको आरोप छ ।
यति मात्रै होइन हलले थ्री डी भन्दै बाल्कोनीका लागि ३०० रुपैयाँ र तलका लागि दुई सय रुपैयाँमा टिकट बेच्दै आएको छ । ‘मनलाग्दी तरिकाले पैसा असुल गरिएको छ,’ अर्का दर्शक रविना शाक्य भन्छिन, ‘थ्री डी हल भन्ने तर टु डी बराबरको सुविधा नदिनेलाई कसैले कारवाही गर्न सक्दो रहेनछ । विरोध गरेको खण्डमा उल्टै कर्मचारीको हप्कीदप्की दर्शकले नै व्यहोर्नुपर्ने बाध्यता कहिले अन्त्य होला र खोइ ?’
यता हलका एचआर म्यानेजर महेन्द्र केसी भने गल्ती भएको स्वीकार्छन् । ‘हरेक सो केही समय ढिला शुरू भएको र बीचमा प्रोजेक्टरले धोका दिएका कारण पुरै फिल्म देखाउन सकिएन,’ उनले भने, ‘अब नयाँ प्रोजेक्टर खरीद गर्ने कुरा भएको छ । आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन प्रतिबद्धता व्यक्त गर्दछौं ।’
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...