मंसिर २७, २०८०
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
रौतहट - चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफ्ताब आलमलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत रौतहटले यसअघि दिएको ७ दिनको म्याद सकिएपछि पुन: म्याद थपका लागि आइतवार अदालतमा पेश गरिएको थियो ।
न्यायाधीश चानकमणि अर्यालको इजलासले आलमलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
कडा सुरक्षाबीच अदालतमा लैजाँदा आलमको हातमा हतकडी लगाइएको थिएन ।
आलममाथि २ नेपालीसहित २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप छ ।
२०६४ साल चैत २८ को संविधान सभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा भएको घटनाको अनुसन्धानका लागि सांसद आलम गत आइतवार रौतहटबाट पक्राउ परेका हुन् ।
आलमसँग जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा आजै बयान लिने तयारी पनि छ ।
आलमले बिरामी भएको बहानामा बयान दिन आनाकानी गर्दै आएका छन् । आलम सुगर र प्रेसरका बिरामी छन् ।
आलमका वकिल आफ्ताब आलम (नाम एकै) ले बयान दिने विषयमा आज आफूले आलमसँग कुरा गरेको लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार अदालतमा आलमको पक्षबाट २७ जना वकिलले बहस गर्ने तयारी गरेका छन् ।
आलमलाई म्याद थपपछि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिने तयारी छ ।
बयानका लागि आफूहरू तयारी अवस्थामा रहेको जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका सहायक जिल्ला न्याधिवक्ता रामप्रसाद पन्थीले बताए ।
मन्त्रीसमेत भइसकेका आलमले सत्ता, शक्ति र पैसाको आडमा अहिलेसम्म उन्मुक्ति पाउँदै आएको आरोप पीडितको छ ।
नेपाली कांग्रेसका नेता समेत रहेका आलम रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...