राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ महामेलाका विजयीलाई पुरस्कार वितरण

कात्तिक ३, २०७६

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मोबाइल बैंकिङ प्रवर्द्धनका लागि गत भाद्र १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा सञ्चालनमा मोबाइल बैंकिङ महामेला सञ्चालन गरेको थियो । करीब ७३ हजार कारोबारबाट र्‍यान्डम्ली ५ जनालाई पुरस्कारको लागि छनोट गरिएको थियो । छनोट भएका पाँच जना विजयीलाई आइतवार एक समारोहका बीच बैंकले पुरस्कार प्रदान गरेको छ ।

पुरस्कार वितरण समारोहमा कैलाश सुवालले थाइल्याण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज प्राप्त गरेका छन् । सनम राई, ध्रुवकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक-एक थान मोबाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् । विजयीलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरे । हाल राष्ट्रिय वाणिज्य बैंकका १० लाख भन्दा बढी मोबाइल बैंकिङका ग्राहक रहेका छन् ।


ADVERTISEMENT

कार्यक्रममा बैंकका विभागीय प्रमुखहरू रिको स्थापित, कमलेश ठाकुर, सरोज बस्नेत लगायत बैंकका कर्मचारीहरू र एफवान सफ्टका अनिल रत्न तुलाधर लगायतको उपस्थिति रहेको थियो । बैंकले बैंकिङ क्षेत्रको विस्तार, वित्तीय पहुँचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवा लक्षित बैंकिङ कारोबार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी बैंकिङ सेवाहरू प्रवाह गरिरहेको छ ।

कात्तिक ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस